Rajbanshi Khabar

मंगलबार, आश्विन १६, २०८०

विराटनगर / कृषि ज्ञान केन्द्र मोरंगले जहदा गाउँपालिका वडा नं. ७ मा जहदा गाउँपालिका उपाध्यक्ष हन्ना सोरेनका प्रमुख आतिथ्यमा सोमाबार बाली उपचार शिविरको आयोजना गरी विषादी समेत वितरण गरीएको छ ।

जहदा गाउँपालिका कृषिकहरुले आ–आफ्ना खेतीमा लगाएका बालीहरु जस्तै धान, तरकारीका विरुवा, आँप, लिच्ची लगायतका रोग लागेका बाली लिएर बाली शिवरमा आएका थिए । ती विरुवाहरुको रोग पत्ता लगाई सो रोग निवारकाका लागि विषादी समेत वितरण गरको थियो ।

उक्त शिविरमा बालीमा रोग पत्ता लगाउनका लागि कृषि विकास निर्देशनालय मोरंगका बाली संरक्षण अधिकृत सरस्वती श्रेष्ठ, कृषि ज्ञान केन्द्र मोरंगका बाली संरक्षण अधिकृत रेणु यादव, वागवानी अधिकृत आदर्श कुमार सिंह र धर्मेन्द्र कुमार सिंहले रोग लागेका बालीहरुको परिक्षण गरी लागेको रोगको निवारणको लागि विषादी औषधी विरण गरका थिए ।

जैविक तथा रसायनिक विषादी वारे जानकारी दिई कुन रोगमा कुन विषादी प्रयोग गर्ने वारे समेत जानकारी गराई बाली उपचार शिविरमा आएका ८० जना किसानहरुलाई विषादी औषधी वितरण गरको थियो । बाली उपचार शिविर कृषि ज्ञान केन्द मोरंगका निमित्त प्रमुख रामदेव सिंह अध्यक्षतामा सम्पन्न भएको थियो ।

यस समाचार क्राइम अपरेशन वाट साभार गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]