कटहरी / कटहरी गाउँपालिकाले तुलसी खेतीमा दुई लाख पन्ध्र हजार लगानी गर्ने भएको छ । काेशी प्रदेशको माेरङ जिल्लाकाे कटहरीले रुपियाँ रु ११० प्रति केजीका दरले गुराँस हर्वास्यूटिकल्स प्रालिले खरिद गर्ने सम्झौता गरिएको छ ।

बजार सुनिश्चित गर्नेगरी किसानलाई प्रतिकट्ठा ३ हजार अनुदान दिने योजना चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको पालिका अध्यक्ष देवराज चाैधरीले बताए । पालिकाले बजेट सुनिश्चिता गरेपछि कृषकले उत्पादन गरेको तुलसी खेती प्रतिकेजी ११० रुपैयाँ केजीका दरले कटहरी ५ मा खुलेको श्री गुराँस हर्वास्यूटिकल्स प्रालिले खरिद गर्ने भएको छ ।

उत्पादन गरेको तुलसीको सम्पूर्ण भाग ( सुकेको पात , डाँठ र जरासमेत ) उद्योगले खरिद गर्ने गरि गाउँपालिकाले पुस १३ गते सम्झौता गरेको कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले बताए ।

पहिलो चरणमा कटहरीका ४० जना कृषकहरुलाई तुलसी खेती सम्बन्धी तालिम बिहीबारबाट सुरू भएको छ । तुलसी खेती १२ महिना लगाउन सकिन्छ ।

पालिकाले त्यसको लागि चालु आर्थिक वर्षमा २ लाख १५ हजार रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]