राजवंशी खबर/विराटनगर

बुधबार, आश्विन ०८, २०८२

विराटनगर / एक राजवंशी यूवती आफनो जातिको परम्परागत पोषागलाई मोडिफाई गरि आधुनिकिकरण गर्दा समाजका केहि तत्व तेस्को विपक्षमा उभि विरोध गर्दा खुश्बु राजवंशी चिन्तित छिन् । अहिले कोशी प्रदेशको झापा जील्लाको बाह्दशी गाउँपालिका वडा नम्वर —५ का खुश्बु राजवंशीको फेसवुकमा कलासंस्कृतिको तस्विहरु फेसवुक प्रयोग कर्ताले विरोध स्वरुप स्टाटस लेखि राखेका छन् । राजवंशी जातिको पोषागलाई विगार्ने उदेश्यले गरिएको भन्दै सामाजिक सञ्जालमा स्टाटस राखिएका छन् ।

उनि केहि वर्ष देखि राजवंशी कल्चरको पेटानीलाई आधुनिकतामा लगी कसरी विस्व सामु चिनाउन सकिन्छ भनी प्रयास गर्दा उस्को विरुधमा सामाजिक सञ्जालमा पोष्ट गर्दा उनि चिन्तित छिन् |

कोशी प्रदेश एक बहुजातिय, बहुसांस्कृतिक तथा विभिन्न समुदायको बाक्लो वसोवास छन् । जहाँ भुमिपुत्र जातिमा राजवंंशी जाति पनि एक हो । राजवंशी संस्कार, संस्कृति र रितिरिवाज जस्ता पौराणिक कलासंस्कृतिले भरिभराऊ यस कोशी प्रदेशमा छन् । झापा, मोरङ्ग र सुनसरी जील्लामा अत्याधिक राजवंशी जाति बाक्लो वसोवास गर्दै आएका छन् । जस्का विभिन्न किसिमका जातिय पहिरण तथा संस्कार र संस्कृति छन् । भाषा, भेषभुषा र खानपानमा पौष्टिक आहार जस्ता संस्कार भित्र पर्दछन् ।

त्यसमध्य एक नयाँ सोच र उदेश्य बनाएकी खुश्बु राजवंशी जातिको पोषाग प्रति माया कहिल्यै उनको उद्देश्य परम्परालाई कमजोर पार्ने होइन, बरु यसलाई नयाँ पुस्ताले पनि अपनाउन सकोस् भनेर अघि बढाउने सोच राखेकि खुश्बु यस क्षेत्रमा लागीपरेकी छिन् ।

ग्रामीण पत्रिका डटकमसंग फाेन सम्पर्कमा कुरा गर्दै उनि भन्छिन् “ राजवंशी पोषागलाई म धेरै माया गर्छु । र यसको विरोधमा कहिल्यै जानसक्दिन पनि । मैले प्रत्येक सिकाइ र विचारमा प्रेम र सम्मान हालें, किनकि म विश्वास गर्छु — हाम्रो संस्कृति हराउन होइन, फस्टाउन योग्य छ । आशा छ, समयसँगै सबैले पनि यही दृष्टि देख्नुहुनेछ । संस्कृतिको रक्षा गर्नु भनेको यसलाई विकसित हुन दिने पनि हो”

उनि बाबा प्रकाश राजवंशी र आमा सिता राजवंशीकी छोरी खुश्बु राजवंशी हुन् एक फेशन डिजाइनर हुन् । उनी जातिय पोषाग पेटानीलाई आधुनिकिकरण गर्दै समाजमा चिनाउने प्रयास गर्दै आएकी छिन् । काठमाडौँ विस्वविधालयवाट विविए अध्यन गरिएकी खुश्बु राजवंशी जातिको पहिरण र कलासंस्कृतिलाई विस्व सामु सामाजिक सञ्जाल मार्फत आधुनिक तरिकाले प्रस्तुत गरिरहेकी छिन् ।

जस्तै राजवंशी जातिको पोषाग पेटानीलाई विस्व सामु मोडिफाई गरि आर्कषक तथा आधुनिक मोडेलमा कसरी लगाउने जस्ता कामहरु गर्दै आएकी छिन् । सामाजिक सञ्जालमा आफनो जातिको संस्कृति र संस्कार अत्याधिक सामाजिक सञ्जालमा पोष्ट गरि प्रचारप्रसार गर्दै केहि थप रोजगार गर्दै आएकी खुश्बु अहिले यस विषयलाई लिएर चिन्तीत छन् ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी – ३, मोरङ नेपाल
mob: 9827072150
email: [email protected]