Rajbanshi Khabar

शनिबार, मंसिर ०९, २०८०

कटहरी / मोरङ जिल्लाको कटहरी गाउँपालिकामा १२ करोडभन्दा बढि रुपैयाँको लगानीमा पर्यटन कृषि फार्म सञ्चालनमा आएको छ । विराटनगरका ७ जना कानुन व्यवसायीहरूले १२ करोड रुपैयाँको लगानीमा गाउँबेनी कृषि फार्म सञ्चालनमा ल्याएको हो ।

कटहरीकाे गाउँबेनि कृषि फार्म उधघाटन काेशी प्रदेशका मुख्य मन्त्री केदार कार्किले रिवन काटि उधघाटन गरिएको हाे । विराटनगरका कानुन व्यवसायी भरत थापा, पुनम गुप्ता, डिल्लीबहादुर कार्की, हेमराज पन्त, उपेन्द्र केशरी, ओमप्रकाश रौनियार र रोशन गुप्ताले कटहरी गाउँपालिकाको वडा नं. ३ मा ७ बिघा जग्गा खरीद गरेर पर्यटन कृषि फार्म सञ्चालनमा ल्याएको हो ।

कटहरी गाउँपालिकाकाे वडा ३ स्थित नहर छेउमा रहेको गाउँबेनि कृषि फार्ममा पर्यटन कृषि फार्ममा माछा पालन, कुखुरा पालन, खसी पालन, अग्यार्निक तरकारी खेती, फलफूल खेती लगायत अन्य वस्तुहरुकाे उत्पादन गरिनेछ ।

उक्त कृषि फार्म भित्रै नेपालको हरेक जात जातिको पहिचान झल्किने गरी जातीय घरको निर्माण गरिने तयारी भईरहेको फार्मका सञ्चालक बरिष्ठ कानुन विज्ञ पुनम गुप्ताले जानकारी गराए ।

मोरङको कटहरी गाउँपालिकामा कृषि पर्यटन भित्र्याउन कृषिमा मोटो रकम लगानी गरिएको फार्मका अर्का सञ्चालक बरिष्ठ कानुन व्यवसायी भरत थापाले जानकारी गराए ।

माेरङकाे कटहरी गाउँपालिका अध्यक्ष देवराज चाैधरी , उपाध्यक्ष सिता देवि राजवंशी , झापाको गाैरिगन्ज गाउँपालिका अध्यक्ष फुलवति देवि राजवंशी लगायतका जनप्रतिनिधिकाे उपस्थिति रहेको थियोे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]