Rajbanshi Khabar

मंगलबार, आश्विन ०९, २०८०

विराटनगर / कृषि ज्ञान केन्द्र मोरंगले जिल्ला समन्वय समिति मोरंगको समन्वयमा स्थानीय तहका प्रमुख, प्रदेश सभा सदस्यहरु लगायतका सरोकारबालाहरुको उपस्थितिमा चालु आर्थिक वर्षको बार्षिक कार्यक्रम सार्वजनिक गरिएको छ ।

उक्त कार्यक्रमको समुद्घाटन कोशी प्रदेशका जेष्ठ सभा सदस्य एवम् पूर्व उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री माननीय गयानन्द मण्डल गनगाईले व्यानर पढेर गरेका थिए । सोही अवसरमा भने मोरंग जिल्ला कृषि बाहुल क्षेत्र भएको र कोशी प्रदेशको राजधानी भएको जिल्लामा कषि क्षेत्रका बजेट धेरै कम भएको गुनासो गर्दै गड्यौली मल उत्पाद तथा प्राङ्गारिक मल सुधार कार्यक्रममा जोड दिनु पर्ने वताए ।

संघिय सरकार देखि स्थानीय तह सम्म बजेट काट्नु परेमा कृषिकै बजेट काट्ने गरकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरको थिए । कोशी प्रदेशका प्रदेश सभा सदस्य माननीय खड्क बस्नेतले हामी प्रदेश सभामा छौ तर प्रदेशको बजेट कसरी निर्माण गरीन्छ हामीलाई नै पत्तो हुँदैन । अव अगामी दिनमा कृषकको माग अनुसार बजेटको व्यवस्थापन गर्नु पर्ने र त्यसका लागि कृषि ज्ञान केन्द्रका कर्मचारीले समेत ध्यान दिनुपर्ने वताए ।
त्यसैगरी कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले कृषि पेशको स्तर उकास्न कृषकले नै अगाडी बढ्नु पर्ने वताउँदै कृषककै लागि करौडौ लगानी गरी कटहरीमा बनाएको कृषि बजार त्यसै अलपत्र परेको छ । त्यसलाई सदुपयोग गर्न कटहरी मात्रै नभएर छेउटाउका पालिकाहरुले समेत ध्यान दिनुपर्ने वताए ।

च्याउ खेती गर्ने कृषक बमलाल खवासले भने कार्यक्रममा सवै आए जस्तो देखियो तर कृषकको लागि केही उपलब्धी मुलक छैन । कृषकहरु कृषि ज्ञान कृन्द्रमा ज्ञान लिन जानुको सट्टा बजेट माग्न जानुपर्ने अवस्था छ । कृषकको लागि पालिकाहरुमै घेरै बजेट छ तर स्थानीय जनप्रतिनिधीहरुले कृषिमा लगानी गर्न नचाहेको आरोप लगाए ।

कृषि ज्ञान केन्द मोरंगका निमित्त प्रमुख रामदेव सिंहले २ करोड ५८ लाख ९५ हजार आर्थिक वर्ष २०८०÷०८१ को लागि रहको कार्यक्रम सार्वजनिक गरेका थिए । कृषि ज्ञान केन्द्र मोरंगका बालिसंरक्षण अधिकृत रेणु यादवले कार्यक्रममा उपस्थित रहको प्रमुख अतिथी र अतिथीहरुलाई स्वागत गरका थिए ।

उक्त कार्यक्रम जिल्ला समन्वय समितिका सभापति एवम् कार्यक्रमका अध्यक्ष अजम्बर राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]