विराटनगर / जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले रडारगन प्रयोग गरी तिव्र गतिमा कुदाईएका सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्न थालेको छ ।

दुर्घटना न्युनिकरण तथा ट्राफिक सचेतना अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले बिहीबारदेखी विराटनगरका मुख्य सडक तथा सहयाक सडकमा रडार गन प्रयोग गरी तिव्र गतिमा कुदाइएको सवारी साधानलाई कारबाही गर्न थालेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रहरी निरीक्षक सुमन न्यौपानेको नेतृत्वमा प्रहरी नायव निरीक्षक सुन्दर स्याम पोखरेल, नेमुवा ट्राफिक ईन्चार्ज तुलामणी आचार्यलगायतको टोलीले विराटनगर ढाट स्थित विराटनगर प्रवेशद्धारामा रडार गन प्रयोग गरी तिव्रगतिका सवारी साधानलाई चेकजाँच गरिएको थियो ।

पछिल्लो समय तिव्र गतिमा सवारी साधान कुदाएका कारण धेरै दुर्घटनाको सख्या बढ्न थालेपछि ट्राफिक प्रहरीले कुदिरहेको सवारी साधनलाई रडार गनको माध्यमबाट गति चेक गर्दै यो अभियान संचालन गरेको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यलय ईटहरीबाट ल्याइएको रडार गन आफ्नो कार्यकालमा पहिलोपटक विराटनगरबाट सुरुवात गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रहरी निरीक्षक सुमन न्यौपानेले बताए।

पूर्व पश्चिम राजमार्गमा पनि विभिन्न स्थानहरुमा रहेका चेकपोष्टहरुमा रडार गनको प्रयोग गर्दै ट्राफिक सचेतना अभियान संचालन गर्ने साथै आगामी दिनमा पनि यो अभियानलाई निरन्तरता दिने उनले जानकारी दिए।

सवारी चालकको आफ्नै लापारबाहीले गर्दा धेरै भन्दा धेरै दुर्घटना हुने गरेको पाइएको छ । बरु सवारी दुर्घटना हुनुभन्दा अगाडी नै सवारी चालकहरु सचेत भए ठुलो क्षति हुनबाट बच्ने भएकाले ट्राफिक नियमको उलङगन नगर्न मोरङ ट्राफिक प्रमुख न्यौपानेले सम्पुर्ण सवारी

चालकहरुलाई सुझाव दिए। हुनत दुर्घटना हुनुको मुख्य एक कारण भनेको तिव्रगतिमा सवारी साधन चलाउनु पनि एक हो । त्यसैले आजैबाट तिव्र गतिमा सवारी साधन कुदाउन छोडौँ । अकाल मै आफ्नो ज्यान नफालौँ । जनहितमा जारी सन्देश ।

यस समाचार खबर पुर्वान्चल अनलाइन पत्रिका वाट साभार गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]