Rajbanshi Khabar

बुधबार, आश्विन १०, २०८०

विराटनगर / कोशी प्रदेश प्रहरी कार्यालय बिरानगरले क्यूआर काेड काे प्रयोग सार्वजनिक गरिएको छ । प्रविधिको दुरुपयोग गरि अपराध गर्ने अपराधी नियन्त्रण गर्ने उदेश्यले गुनासो व्यवस्थापनको लागि क्यूआर कोड को प्रयोग सार्वजनिक गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा असोज ९ गते एक कार्यक्रम गरि सार्वजनिक गरिएको हाे । नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कोशी प्रदेश प्रहरीको क्यूआर कोडको प्रयोग सम्वन्धि कार्यविधि २०८० सार्वजनिक गर्नु भएको हो ।

क्यूआर कोड काे प्रविधिको दुरुपयोग गरी आपराधिक क्रियाकलाप बढ्दो क्रममा रहेको उल्लेख गर्दै नेपाल प्रहरीलाई दक्षता अभिबृद्धि गरी प्रविधिमा अब्बल बनाउन नयाँ – नयाँ प्रविधि समेत भित्र्याउनु पर्ने बताउनु भयो ।

आम नेपाली जनता सेवाग्राहीहरूको हितलाई मध्यनजर गरी प्रहरीले प्रदान गर्ने सेवामा कुनै गुनासो, पीरमार्का या कैफियत भएमा सिधै क्यूआर कोड मार्फत सम्बन्धित जिल्लाका जिल्ला प्रहरी प्रमुख समक्ष सेवाग्राहीले आफ्नो भनाई राख्न वा उजुरी गर्न सक्ने बताए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले संचालनमा ल्याएको क्यूआर कोड को प्रयोग प्रभावकारी भएकोले कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले यसलाई थप परिमार्जन गरी कोशी प्रदेश अन्तरगत रहेका सम्पुर्ण प्रहरी कार्यालयले प्रयोग गर्ने गरी कार्यान्वयनमा ल्याएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]