माेहन ढकाल / विराटनगर

शुक्रबार, आश्विन १२, २०८०

बादलकाे घुम्टाे भित्र
निसास्सिएकाे घाम जस्तै निसास्सिएका
तिम्रा खुशिहरू
बेतालकाे हावाले उँडाईदियाे

तिम्रा पसिनाले बगेका नदिहरू
निरन्तर बगिरहे
तर
तिम्रै बस्ति प्यासकाे घुम्टाेभित्र
रूमलिएकाे छ

तिम्रा हातहरू फलाम भए
तिम्रा पैतालाहरू ढुङ्गा भए
तिम्राे शरीर अचानाे भयाे
सम्झ, तिम्राे शरीरमा दिनहुँ खुकुरी बजारिन्छ

तिमी
बाेल्नेकाे पिठाे हैन
नबाेल्नेकाे चामल बिक्नुपर्छ भन्ने मान्छे
त्यसैले हाेला
आज बुढाे रूख जस्तै एक्लाे भएका छाै

तिमीले कहिल्याै गरेनाैँ
महानताकाे घमण्ड
नत कसैमाथि राजनीति
बरू गर्याै सबैलाई समान व्यवहार

ढुङ्गालाई कहिल्याै फुल भनेनाै
नत फुललाई ढुङ्गा भन्याै
यहि भयाे तिम्राे ठुलाे गल्ति
त्यसैले आज एक्लाे भयाै
केवल एक्लाे

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]