Rajbanshi Khabar

बिहिबार, पौष २६, २०८०

बर्जु । चार वर्षको सफलतापछि पाँचौ बर्जु महोत्सव शुक्रबारदेखि सुरु हुने भएको छ । आज बर्जु सामुदायिक विकास केन्द्रले महोत्सवस्थलमा पत्रकार सम्मेलन गर्दै पाँचौ बर्जु महोत्सवको तयारीका विषयमा अध्यक्ष श्रवण चौधरीले जानकारी दिएका छन् ।

चौधरीले पत्रकारहरसँग कुरा गर्दै भने ‘महोत्सवको तयारी अन्तिम चरणमा रहेको छ । बाहिर धेराबेराको काम भइरहेको छ हामी भोली प्रतिनिधिसभा सदस्य तथा पुर्व मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यमा महोत्सवको उद्घाटन गर्न गइरहेको छौं ।’

पुष २७ गते देखि माघ ११ गते सम्म सञ्चालन हुन गई रहेको पाचौं बर्जु महोत्सवमा नेपालका चर्चित हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मस ) कुञ्जना घिमिरे (सुन्तली),लोकदोहोरी गायिका ज्योती मगर,नृत्यानगना मुस्कान चौधरी, सुशिला कर्की, प्रिती पासवान, निरुता साह र भोजपुरी कलाकार माहिमनिसा लागयतका कलाकारले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने अध्यक्ष चौधरीले बताए ।

उनले भने ‘ महोत्सव गर्नुको मुख्य उद्धेश्य बर्जु ताललाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गरि तालको पहिचान स्थापित गराउनु रहेको छ ।

यस्तै महोत्सवमा प्रत्येक दिन दिउँसो ३ बजे देखि नेपाल तथा भारतका चर्चित पहलवानको कुस्ती (दंगल) खेल दर्शकले आन्नद लिन सक्नेछन् ।
महोत्सवमा विभिन्न परिकारका ३० वटा स्टलहरु रहनेछ भने मनोरञ्जनात्मक खेलहरु झुला, रोटे पिङ, ड्रागन रेल, मिक्की माउस, आदी रहनेछ ।
महोत्सव भित्र जाँडरक्सी बेचबिखन गर्न तथा सेवन गरेर प्रवेश गर्न पुर्णरुपमा प्रतिबन्ध लगाईएको छ ।

महोत्सवलाई सुरक्षा प्रदान गर्न नेपाल प्रहरी,सशस्त्र प्रहरी,सिभिल प्रहरीले शान्ति सुरक्षा प्रदान गर्ने अध्यक्ष श्रवण चौधरीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]