राजवंशी खबर / विराटनगर

बिहिबार, आषाढ २१, २०८१

विराटनगर । तामाङ समुदायको लोप हुन लागेको भाषा, भेष भुषा, कला संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्ने उदेस्यले तामाङ संस्कृृतिमा आधारित नेपाली चलचित्र ‘चारदाम’ को च्यारेटी शो गरिने भएको छ ।

कोशी भिजन फिल्मस् प्रालि ईटहरीद्धारा निर्माण गरिएको नेपाली भाषामा रहेको चलचित्र ‘चारदाम’ विराटनगर तीनपैनी स्थित सिटी सिनेमा हलमा असार २२ गते शनिबार प्रदर्शन गरिने भएको छ । नेपाल तामाङ घेदुङ महानगर समिति विराटनगरको समन्वयमा प्रदर्शन गर्न लागिएको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिने समेत जनाइएको छ ।

तामाङ जातीमा लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले चारदाम निर्माण गरिएको फिल्मका लेखक तथा निर्देशक लाखमान योञ्जनले जानकारी दिए । ‘चारदाम’मा सुवास योन्जन तामाङ, सुकुमाया मोक्तान तामाङ, मदन राई, मोहन लोप्चन तामाङ, शान्ति पाख्रिन तामाङ, पूर्ण लिम्बू, बालकलाकार सुम्निमा योन्जन तामाङ, डम्बर किमारी मेन्याङ्बो र मेनुका राई लगायत कलाकारको अभिनय रहने छ ।
फिल्मको छायांकन पुर्वका भोजपुर , सुनसरी लगायतका विभिन्न रमणिय स्थलहरुमा छायाङकन गरिएको फिल्म निर्माण टिमले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]