Rajbanshi Khabar

सोमबार, आश्विन ०८, २०८०

कटहरी / नेपालीहरुकाे माहान चाड दशैँ मा विभिन्न जातजातिहरुको खानाको प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

विराटनगरकाे सहरमा दशै कार्निभल २०८० फुड फेस्टिबल अर्थात दशै स्ट्रीट फेस्टिबल घटस्थापना देखि फूलपाती सम्म संचालन हुने भएको छ ।

काेशी प्रदेशको राजधानी विराटनगरको मुटु महेन्द्र चौक देखि ट्राफिक चौक सम्मको बाटोमा असोज २८ गते देखि कार्तिक ४ गते सम्म हुने दशै स्ट्रीट फेस्टिबल मेला लगाउने जतिन ताम्राकारले जानकारी दिए ।

नेपालीहरुकाे विभिन्न दर्जनौ जातजातिका खानाको प्रकार र राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृती लगायत तथा नृत्य प्रस्तुती रहने जतिन तम्रकारले वताए ।

वडा दशैँ स्ट्रीट फेस्टिबलमा २५ बटा स्टलहरु रहने छ सो स्टलहरुमा राजवंशी , नेवारी, साउथ, थारु, मैथली, राजवंशी लगायतको खानाको परिकारहरु उपलब्ध हुने बताए । त्यसैगरी सास्कृतीक कार्यक्रम निःशुल्क हेर्न पाउनेछन् ।

नेपालीहरु प्रायःजसो दशैँमा आ-आफ्नो घर फर्किने चलन रहिआएको छ । विराटनगरकाे सडकलाई दशै भाइब्स श्रीङार ले सजाइने छ । बिराटनगर आउने महानगर बासीलाई दशै बिशेष खुशीयालीका साथ मनाउने उदेश्यले आयोजक कमेटी तयारीमा लागेकाे छ ।

यस कार्यक्रमका लागि करीब ३१ लाख खर्च हुने अनुमान गरिएको दशै स्ट्रीट फेस्टिबलको आयोजना मन्जिना मुभिज क्रीएसन÷भाजु युवराज फाउन्डेसनले गर्ने बताए ।

इभेन्टको जिम्मा भाइरल इभेन्टलाई दिएको पत्रकार सम्मेलनमा तम्रकारले जानकारी गराए । स्टल लिन चाहानेले सम्र्रक गर्नु हाेला माेबाइल नम्बर ९८५२०३२४६७

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]