Rajbanshi Khabar

बिहिबार, पौष १२, २०८०

विराटनगर / देश सन्चालन गर्नकाे लागि व्यापारी , उधाेगी र जनताले कर नतिरी देशनै खतरामा पर्छ । देशकाे उधाेगिक क्षेत्रकाे रुपमा चिनिने जिल्ला माेरङ पनि एक हाे । व्यापारिक संस्थाका रुपमा रहेको मोरङ व्यापार संघले कर नतिरीएकाे पाइएको छ ।

काेशी प्रदेशको माेरङ जिल्लाकाे औधोगिक क्षेत्र विराटनगर महानगरपालिकालाई तिर्नुपर्ने कर समेत नतिरेको पाइएको छ ।

माेरङ व्यापार संघले विराटनगर महानगरपालिकालाई मेला आयोजना गर्दा दैनिक ५ हजार रुपैयाँका दरले १० दिनको ५० हजार तिर्नुपर्ने थियो । यस्तै टिकटको बिक्रीको ५ प्रतिशत र मेलाभित्र राखिएका विभिन्न खेलको समेत कर नतिरेको पाइएको छ ।

महानगरले पटक–पटक तागेता गर्दा पनि संघले कर तिर्नेतर्फ ध्यान नदिएको महानगरपालिकाका राजस्व महाशाखा प्रमुख सराेज गाैतमले बताए ।

मेला आयोजक समितिका संयोजक अनिल साहले महानगरपालिकालाई अगाडि नै कर तिर्नु जरुरी नभएको बताउँदै । मेला सकिए लगत्तै सबै कर तिर्ने उनको प्रतिबद्धता थियो ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]