विराटनगर / एशियन लाइफ इन्स्योरेन्सको बिराटनगर शाखाले एक कार्यक्रमको आयोजना गरी मृतकको परिवारलाई मृत्युदाबी रकम भुक्तानी गरेको छ ।

विराटनगर महानगरपालिका वडा – १३ माेरङ बस्ने विणा देवी ठाकुरको श्रीमान स्वयम्भु नारायण ठाकुरको २०८० भदौ २७ गते ५२ वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भएको थियो । निजको श्रीमतीलाई यही पुस २२ गते १० लाख ८८ हजार ९०४ रुपैयाँ मृत्यु दावी वापतको रकम हस्तान्तरण गरेको हो ।

उक्त रकमको चेक बिराटनगर शाखाका शाखा प्रबन्धक सरोज भण्डारी, शिक्षक एवम् बि.ए धर्म नारायण शाह प्र.ना.नी कृष्ण प्रधान, डा. रुपेश चौधरीले हस्तान्तरण गरेका हुन् ।
साथै उक्त कार्यक्रममा शाखाका शाखा प्रबन्धक सरोज भण्डारीले बीमाको महत्व र आवश्यकता बारे जानकारी गराउदै आजको दिनमा मानब जीवन अति नै जोखिमपूर्ण रहेकोले सुनौलो भबिस्य निश्चित गर्नको लागि बीमा अतिनै आवश्यक रहेको बताए ।

कार्यक्रम संचालिका सरस्वती थापाले बीमाको वास्तविकता बारे प्रस्ट धारणा ब्यक्त गर्दै आफुले कमाएको केहि अंश छुट्टाएर बीमा गर्न सल्लाह दिइन्

यस समाचार इन्स्योरेन्स खबर अनलाइन पत्रिका वाट साभार गरिएको हाे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]