विराटनगर / विराटनगर महानगरपालिकाले महानगरलाई मोतियाबिन्दु मुक्त नगर बनाउने लक्ष्यका साथ निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।

महानगरले विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग लिएर विराटनगरलाई मोतियाबिन्दु मुक्त नगर बनाउने अभियानअन्तर्गत निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो । अभियान अन्तर्गत महानगरले हरेक वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नेछ । शिविरबाट मोतियाबिन्दु पहिचान भएका बिरामीलाई विराटनगर आँखा अस्पतालले निःशुल्क शल्यक्रिया (अप्रेसन) गर्नेछ । शिविरमा सामान्य समस्या भएकालाई औषधि र चस्मा वितरण गरिनेछ । आज विराटनगर वडा नम्बर ९ बाट मोतियाबिन्दु मुक्त नगर बनाउने अभियान सुरु गरिएको छ ।

मेयर नागेश कोइरालाले आफ्नो आँखा जाँच गराएर शिविरको शुभारम्भ गरे । उपचार अभावमा मोतियाबिन्दुको समस्या लिएर बस्न बाध्य महानगरवासीलाई निःशुल्क शल्यक्रिया गरेर मोतियाबिन्दु मुक्त बनाउने कार्य सुरु गरिएको मेयर कोइरालाले बताए । उनले यसबाट बढीभन्दा बढी लाभ लिन महानगरवासीलाई आग्रहसमेत गरे ।

महानगरका १९ वटै वडामा शिविर सञ्चालन गरी आँखा सम्बन्धी औषधि वितरण र मोतियाबिन्दु भएका बिरामीहरु पहिचान गरिने स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । आँखा शिविर सञ्चालन गर्ने र मोतियाबिन्दुको पहिचान भएका बिरामीहरुको निःशुल्क शल्यक्रिया गर्ने सम्बन्धमा महानगर र विराटनगर आँखा अस्पतालबीच सम्झौतासमेत भएको छ । सम्झौतापत्रमा महानगरका तर्फबाट मेयर कोइराला र अस्पतालका तर्फबाट मेसु डा. रक्षा पन्तले हस्ताक्षर गरिन् ।

यस समाचार खबर पुर्वान्चल अनलाइन पत्रिका वाट साभार गरिएको हाे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]