कटहरी / माेरङकाे कटहरी गाउँपालिकाकाे वडा -४ निवासी उमेश कुमार रायको दुर्घटनामा परि मृत्युकाे विमा रकम वितरण गरिएको छ ।
कटहरी गाउँपालिका अध्यक्ष , उपाध्यक्ष , वडा – ४ अध्यक्ष लगायत सामुहिक रुपमा चेक हस्तान्तरण कटहरी – ४ निवासी उमेश कुमार राय दुर्घटनामा परी मृत्यु भएकोले उहाँकि पत्नी सीता रायलाई सन नेपाल लाईफ धरान शाखा बाट रकम भुक्तानी गरिएको छ ।
कटहरी गाउँपालिका – ४ वडा अध्यक्ष जिब्नेश्वर यादवका अनुसार स्वरगिय उमेश कुमार रायकि पत्नी सिता रायलाई विमा चेक रकम रु ८ लाख अन्ठाउन्न हजार हस्तान्तरण गरिएको यादवले बताए ।
कटहरी गाउँपालिका वडा – ४ मा एक कार्यक्रम गरी उक्त विमा रकम हस्तान्तरण गरिएको राधे कामतले बताए । सन नेपाल लाइफ धरान शाखाकाे प्रमुख वेद कुमार खत्री , मार्केटिङ मेनेजर राधे कामत वडा सदस्यहरू कैजुम शेख , रामचन्द्र कामत , मंजु शाह लगायको उपस्थितिमा मृत्यु दावी चेक भुक्तानी दिने कार्यक्रम समपन्न गरिएको