Rajbanshi Khabar

आइतबार, आश्विन २१, २०८०

विराटनगर / कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख पर्शुराम खापुङले ६ दिनको समय दिएका छन् ।

काेशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हिजो राजीनामा दिएका छन् । हिक्मतकुमार कार्किले राजिनामा दिएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले हिजो नयाँ सरकार गठन गर्नका लागि ६ दिनको समय दिएर सरकार गठनको आव्हान गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको लागि अशाेज २६ गते अपरान्ह ५ बजेभित्र सरकारका लागि दाबी दिन समय दिएका छन् ।

प्रदेशसभा बैठकमा विश्वासको मत बहुमत जुटाउन नसकेपछि कार्कीले राजीनामा दिएका हुन् । उनी गत भदौ २२ गते नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार सर्वोच्चको परमादेशबाट मुख्यमन्त्री बनेका थिए ।

नेपालकाे संविधानकाे उपधारा (५) अनुसार सरकार गठन गर्न नसके प्रदेशसभा विघटन हुनेछ । ९३ सदस्यीय प्रदेशसभामा बहुमत सदस्य ४७ सांसदको समर्थन लिई कुनै पनि सांसद मुख्यमन्त्री हुने संविधानमा व्यवस्था रहेको छ ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी , नेपाली काङ्ग्रेस र जसपा लगायत मुख्यमन्त्री कुन दललाई हुने र को नहुने भन्ने विषयमा भने ती दलहरु अहिलेसम्म अनिर्णित रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]