जनकपुर । उत्तेजित अभिव्यक्ति दिएको आरोपमा सुनसरीमा पक्राउ पर्नुभएका विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासमाथि सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा दर्ता भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा उहाँविरुद्ध हिजो मुद्दा दर्ता भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिनुभयो ।

गत मंगलबार उहाँलाई सुनसरीको बराहक्षेत्र नगरपालिका–चक्रघट्टीबाट सुन्सरी प्रहरीले पक्राउ गरेको थियो । हिजो साँझ उहाँलाई कारबाहीको लागि धनुषा ल्याइएको थियो ।

असोज १२ गते जनकपुरमा भएको विरोध कार्यक्रमममा हिंसात्मक अभिव्यक्ति दिनुभएको थियो। सोही अभियोगमा उहाँमाथि मुद्दा चलाइएको हो । जनकपुरधाममै हिंसा भड्काउने उत्तेजक अभिव्यक्ति दिएको भन्दै कारबाहीको लागि ल्याइएको प्रहरीले जनाएको छ ।

यसअघि २०७४ चैत २५ मा आफ्नै पाखुरामा गोली हान्न लगाएको आरोपमा समेत उहाँ पक्राउ पर्नुभएको थियो । श्रीनिवासले आफू आवेशमा आएर गलत अभिव्यक्ति दिएको प्रहरी समक्ष स्वीकार गरेको डीएसपी अवाको भनाइ छ ।

‘म साधु मान्छे । त्यति बेला माहोल देखेर आवेशमा आएर बोलेँ । गल्ती गरेँ, कमिला पनि नमार्ने मान्छे म । के मान्छे मार्न आदेश दिउँला र । मैले गल्ती बोलेको हुँ’, श्रीनिवासको वयान उधृत गर्दै डीएसपी अवाले भन्नुभयो ।

यस समाचार काेशि सन्देश पत्रिका वाट लिएकाे हाे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]