Rajbanshi Khabar

बिहिबार, आश्विन १८, २०८०

कटहरी / नेपालकाे अहिले तत्कालीन अवस्था गम्भीर रहेको उधाेग तथा ब्यापारी विभिन्न कार्यक्रम गरी राजनितिज्ञहरु बाेलाई – बाेलाई ध्यानर्षण गराइरहेका छन् । नेपालकाे यस सार्वजनिक विदा , भ्रष्टाचार , उपभोक्त ठगी जस्ता कुराहरू धेरै असर पारिरहेको भन्दै आवाज उठिरहेको देखिन्छ ।

बिश्वकाे अत्याधिक सार्वजनिक विदा दिने राष्ट्र ” नेपाल ” वर्ल्ड स्टाटिस्टिक्स ” हाे भनि तथ्यांक सार्वजनिक गरेको छ । यही मिति २०८० अशाेज १९ गते पर्न गएको पर्व ” जितिया पर्व ” भाेलि कटहरी गाउँपालिका क्षेत्रभरी सम्पुर्ण कर्मचारिलाई सार्वजनिक विदा दिइएको छ ।

बिश्वकाे तथ्यांक राखन्रे संस्था ” वर्ल्ड स्टाटिस्टिक्स ” ले सर्वाधिक सार्वजनिक बिदा दिने विश्वका ४८ ओटा देश रहेको छ । ति देश मध्य पहिलो नेपाल भएको ” वर्ल्ड स्टाटिस्टिक्स ” तथ्यांक सार्वजनिक गरिएको छ । जसमा वर्षभरि ३५ दिन सार्वजनिक बिदासहित नेपाल पहिलो स्थान पार्न सफल भएको तथ्यांकले देखिन्छ ।

नेपालकाे तथ्यांक क्यालेन्डर अनुसार सनिवार , दिवस , आन्दोलन जस्तो विदाहरु पनि जाेडियाैँ भने एक वर्षको ३६५ दिनमा मात्रै यस्काे ५२ ओटा सनिवार छन् । यस्तै विदाहरु हुन आउछ । समय र परिस्थिति अनुसारको विदा जस्तै सङघ , प्रदेश र स्थानिय सार्वजनिकहरु जाेडियाैँ भने वर्षको ५० प्रतिशत हाम्रो विदामा सकिन्छ हाेला ।

विश्वको पहिलो र दोस्रो ठुलो अर्थतन्त्र भएका मुलुकहरू जस्तै संयुक्त राज्य अमेरिका र चीनले वर्षभरि सामान्य ११ दिन सार्वजनिक बिदा दिने गरेका छन् । वर्ल्ड स्टाटिस्टिक्सको तथ्यांक अनुसार सार्वजनिक बिदा दिने देशहरूमा दोस्रो नम्बरमा म्यानमार ३२ दिन , तेस्रोमा इरान २६ दिन , चौथोमा श्रीलंका २५ दिन र पाँचौँमा बंगलादेश २२ दिन , इजिप्ट २२ दिन रहेको छ ।

नेपालकाे छिमेकी मित्र राष्ट्र भारत २१ दिन सार्वजनिक विदासहित आठौं स्थानमा छन् । भारतको छिमेकी राष्ट्र पाकिस्तान १६ दिनसहित १६ औं स्थानमा रहेको छ ।

एसियाका ठूलो धन राशि भएको राष्ट्रहरू जापानले १६ दिन , दक्षिण कोरियाले १४ दिन सार्वजनिक बिदा मात्रै दिने गरेका छन् । ४८ देशमध्ये वर्षभरि सबैभन्दा कम आठ दिन मात्रै सार्वजनिक बिदा दिने देश मेक्सिको रहेको छ । यस्तै बेलायतले पनि वर्षमा आठ देखि १० दिनसम्म सार्वजनिक बिदा दिने गरेको छ ।

निष्कर्षमा भन्दा नेपालकाे अवस्था र ब्यवस्था यस्तै रहयाे भन्ने नेपाल श्रीलंका हुदैन भनेर भन्न सकिदैन । हुनत हाल तत्कालीन अवस्थामा रहेका नयाँ पार्टीका नेताहरू यस् विषय वस्तुमा कुराहरू उठाइरहेकाे प्रतिनिधि सभामा देखन्र सकिन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]