संजय राजवंशी

बुधबार, आश्विन १०, २०८०

कटहरी / हुलाकी सडकमै हटिया लागदा जाेखिमपुर्ण अवस्था रहेको छ । काेशी प्रदेशको माेरङ जिल्लाकाे कटहरी गाउँपालिका आइतबारे , बुधबारे तथा सनि हटियाका कारण हुलाकी सडक अवरुद्ध भएपछि जाेखिमपुर्ण बनेको छ ।

विराटनगर माहानगरपालिका देखि पुर्वमा करिब २ किलोमिटरमा कटहरी गाउँपालिका अवस्थित छन् । हुलाकी सडकमा बस , ट्रक , स्कुल बस , मालगाडि र साइकल , माेटरसाइकल , ठेला तथा अन्य सवारी साधन आवतजावत गर्न असहज भएपछि हुलाकी सडक जाेखिमपुर्ण भएको छ ।

कटहरी वाडा -१ मा पर्ने आइतबारे , बुधबारे र सनिवारे हटिया अस्तवयवस्त भएको छ । उक्त हटिया विराटनगर र कटहरी जाेडिने शिङघिया खाेला नजिकै रहेको छ । आइतबारे , बुधबारे र सनिवारे हटिया उक्तरतिर पर्ने ब्यक्तिकाे जग्गामा वर्षाैँ देखि हटिया लागिरहेको छ ।

देशको पहिचान सहितको सङघियता लागु भइसकेपछि नेपालमा तिन तहको सरकार छन् । सङघिय सरकार , प्रदेश सरकार र स्थानिय सरकार गरि तिन तहको सरकार अहिले छन् ।

ति मध्य एउटा कटहरी गाउँपालिका पनि स्थानिय सरकार हाे । उक्त हटिया सार्नुपर्छ भनि कटहरीकाे वाडा – १ काे फलफूल तथा थाेक बजार मा ब्यवयस्थापन गर्नेगरि १८ करोड खर्च गरिएको छ । आइतबारे , बुधबारे हटिया लागदा सडक अवरुद्ध भएपछि विराटनगर र कटहरी गाउँपालिका सहजिकरण गरि कटहरी वाडा १ काे फलफूल तथा थाेक बजारमा १८ करोड खर्च गरिएको कटहरी गाउँपालिका अध्यक्ष बारम्बार भन्दै आएको छ । यता साना तथा खुद्रा ब्यापारि आन्दोलन स्वरुप हुलाकी सडकमै हटिया लगाउदै आइरहेको छ । ब्यापारिहरु सिङघिया खाेला देखि ट्रेनकाे याड सम्म हटिया लगाइरहेकाे छ ।

हटिया सार्ने विषयलाई लिएर विभिन्न प्रदर्शनका कार्यक्रमहरु पनि गरिएको स्थानिले बताएका छन् । हुलाकी सडक भएको कारणले ब्यापार राम्रो हुन्छ भनेर त्यहाँका ब्यापारिहरु भन्दै आएको छ ।

उक्त हटियाका कारण सडक जाेखिमपुर्ण रहेको छ । स्कुल बस , ट्रक , मालगाडि , साइकल यात्रि , माेटरसाइकल तथा अन्य सवारी साधन वाट हुन आउने जाेखिमपुर्ण रहेको छ ।

हुलाकी राजमार्ग ( रङ्गेलि सडक ) वर्षाैँ देखि बन्न नसकेको सडक विरुद्ध कटहरी वासि केही पटक आन्दोलन सम्म गरे । सडक अवरुद्ध कार्यक्रम , सडक सेताे नम्बर प्लेट अवरुद्ध कार्यक्रम , पालिका घेराउ कार्यक्रम , नारावाजी तथा अन्य ज्ञापनपत्र जस्ता कार्यक्रमहरु यहाँको स्थानिय जनताले गरिएको थियोे ।

यस हुलाकी सडकमा हालसम्म करिब ३ जना भन्दा बढिकाे मृत्यु भइसकेको छ । हिजो मात्रै हुलाकी कर्मचारिकाे मृत्यु भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]