संजय राजवंशी

मंगलबार, आश्विन ०९, २०८०

कटहरी / नेपाल अहिले आर्थिक मन्दि वाट गुजि्ररहेको छ । जनता अहिले राेजगारी तथा जयाला जनमजदुरि कसरी पाउने भनि चिन्ता भइरहेको बेला आयो दशैँ दाैडदै । अब विचार गर्नुस दशैँ जस्तो नेपालकाे ठुलो चाडपर्व दशैँ ति घरका आमा र बाबाले कसरी मिलाउला ।

दशैँ आइरहेका बेला नेपाल राष्ट्र बैंकले नयाँ नाेट पनि वितरण गर्नुनै हाेला । अरु वर्षको दशैं जस्तै यस वर्ष पनि नयाँ नाेट वितरण गर्नुपर्ने भएकोले यस वर्ष पनि नयाँ नाेट वितरणका लागि घटस्थापना अगाडि अथवा त्याे समयसम्म नयाँ नोट वितरण सुरु गर्ने तयारी गरेको छ ।

नेपाल राष्ट्रिय बैंकले अघिल्लो २ वर्षकाे जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने राष्ट्र बैंकको तयारी रहेको छ ।

नेपाल राष्ट्र बैंकले दशैं–तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा प्रतयेक राष्ट्र बैंक वाट दिँदै आएको छ । हाल सम्म नयाँ नोट कति आवश्यक पर्ने भन्ने कुरा , राष्ट्र बैंकका प्रादेशिक कार्यालय तथा नोट कोष सुविधा लिएका बैंकहरुबाट विवरण संकलन भइरहेको छ । विवरण संकलन पछि वितरणको कार्य तेसलगतै सुरु हुने छ ।

देशभरिका बैंक तथा वित्तीय संस्थाहरुलाई उनीहरुको ग्राहकको संख्या अनुसार नयाँ नोट उपलब्ध गराउने तयारी भइरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]