Rajbanshi Khabar

शनिबार, भाद्र ३०, २०८०

कटहरी / माेरङकाे विराटनगर माहानगरपालिका पुर्व हाटखाेला नदि देखि नजिकै कटहरी गाउँपालिका रहेको छ । नेपालको ७ प्रदेश मध्य याे काेशी प्रदेशकाे मोरङ जिल्लामा अवस्थित रहेको छ ।

कटहरी गाउँपालिका वरिपरि ४ ओटा पालिका रहेको छ । यस कटहरी गाउँपालिकाकाे पूर्वमा धनपाल गाउँपालिका, पश्चिममा बिराटनगर महानगरपालिका ,उत्तरमा ग्रामथान गाउँपालिका र दक्षिणमा जहदा गाउँपालिका अवस्थित छ ।

यस कटहरी गाउँपालिकाकाे कटहरी ,भौडाहा र थलाहा मिलेर संयुक्त रुपमा  कटहरी गाउँपालिकाको निर्माण वि.सं  २०७४ सालमा भएको हो । यस कटहरी गाउँपालिकाभित्र जम्मा ७ वटा वडाहरु रहेका छन । बिराटनगरबाट कालो पत्रे हुलाकी सडक राजमार्ग (रंगेली रोड) नजिकै रहेको छ ।

रङ्गेलि सडक सटेर कटहरी गाउँपालिका हुँदै पूर्वमा उर्लाबारी हुँदै पूर्व -पश्चिम राजमार्गमा जोडिएकोले कटहरी गाउँपालिकाका स्थानियवासीहरुलाई यस क्षेत्रका बिभिन्न शहरहरुमा सेवा सुबिधा लिन / दिन सहज भएको छ ।

यस कटहरी गाउँपालिकाको कार्यालय कटहरी चौक स्थित (साबिक कटहरी गा० बि ० स भवनमा )  अवस्थित छ । ५१.५९ वर्ग कि० मि० क्षेत्रफल ओगटेको यस गाउँपालिकाको जनसंख्या वि.सं  २०७४  को तथ्यांकनुसार  ३९७७५ रहेको छ । यस पालिकामा राजवंशी , थारु , कामत , सरदार , मण्डल , मुस्लिम तथा अन्य समुदायहरुकाे वस्ति रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]