राजवंशी खबर/विराटनगर

शुक्रबार, आषाढ ०८, २०८१

विराटनगर / मोरङको कटहरी गाउँपालिकाले आगमी आर्थिक वर्ष २०८१/०८२ को लागि ५० करोड ८२ लाखको बजेट ल्याएको छ । गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीले दोस्रो अधिवेशनको पाँचौ गाउँसभामा बजेट प्रस्तुत गरेकी हुन । बजेट वक्तव्य कार्यक्रममा प्रशासनिक तथा संचालन खर्च ११ करोड ६८ लाख ८४ हजार र पूँजीगत ३८ करोड ३१ लख ९८ हजार बिनायोजन गरिएको छ ।

आम्दानी आन्तरिक आय ५ करोड २० लाख, संघिय सरकारबाट समानिकरण अनुदान १२ करोड ८३ लाख , संघिय सरकारबाट सर्शत अनुदान १५ करोड ६४ लाख २० हजार, संघिय सरकारबाट राजश्व बाँडफाँड ९ करोड ७२ लाख, संघिय सरकार समपुरक अनुदान १ करोड ५० लाख, तराई मधेश समृद्ध कार्यक्रम अनुदान ९० लाख आम्दानी हुने अनुमान गरिएको छ । तेस्तै प्रदेश सरकार समानिकरण अनुदान ८० लाख ५३ हजार, प्रदेश सरकारबाट सर्शत अनुदान १ करोड ९१ लख ८८ हजार, प्रदेश सरकार राजश्व बाँडफाँड ४९ लाख २१ हजार र प्रदेश सरकार समपुरक अनुदान १ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

कटहरी गाउँपालिकाले पूर्वाधार विकासको क्षेत्रमा ८ करोड ४० लाख रुपैयाँ बजेट विनायोजन गरेको छ । यसैगरी सामाजिक विकासको क्षेत्रमा ४ करोड ८२ लाख ७५ हजार ८३०, संस्थागत विकास तथा सेवा प्रवाह र सुशासनको क्षेत्रमा १ करोड ७२ लाख ८५ हजार, आर्थिक क्षेत्रको विकास एवं उन्नतिका लागि १ करोड ८२ लाख रुपैयाँ बजेट विनीयोजन गरिएको छ । संस्कृति प्रवद्र्धनको लागि २२ लाख ७० हजार, खेलकुद तथा मनोञ्जनमा २४ लाख ५० हजार बजेट विनायोजन गरिएको छ । सर्वोत्कृष्ट कर्मचारीबाट सव इन्जिनियर खेमराज सुवेदी पुरस्कृत भएका छन ।

कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले ७२ बुद्धे आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिहीबार दोस्रो अधिवेशनको पाँचौ गाउँसभामा प्रस्तुत गरेका हुन । उनले कृषी, स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई मुख्य प्राथामिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको बताए । गाउँपालिकाले सबै बालविकास कक्षाहरुमा एलसीडि टिभी व्यवस्था गरी प्रविधिमैत्री शिक्षण शिक्षालाई अगाडी बढाउने भएको छ । गाउँपालिकाले आगमी आर्थिक वर्षमा १५ शैय्याको अस्पताल निमार्ण गर्ने भएको छ । १५ शैय्याको अस्पताल निमार्णको लागि न्यूनतम १५ कठ्ठा जग्गा निः शुल्क प्राप्त गर्ने प्रकृया सम्पन्न गरी संघीय सरकारसँगको सहकार्यमा अस्पताल निमार्ण गरिने अध्यक्ष चौधरीले बताए । कृषकहरुलाई पशुहरुको विरामीको अवस्था जाँच गरी जुकाको औषधी देखि एन्टीबायोटिक्स औषधीसम्म निःशुल्क वितरण गर्ने भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]