सुनसरीको दुहबी ७ स्थित भलुवा खेलमैदानमा संचालन हुने दशौं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ । बुधबार (भोली) बाट संचालन हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको भलुवा गोल्डकप टुर्नामेन्ट समितिका अध्यक्ष शिब पशुपति कुमार सरदारले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।
प्रतियोगितामा स्थानीय अायोजक सहित अाठ वटा क्लबले प्रतिस्पर्धा गर्ने आयोजक क्लब गोल्डेन स्टार युथ क्लबका अध्यक्ष अनिल कुमार बिश्वासले जनाएका छन । असार ४ गतेसम्म संचालन हुने फुटबल प्रतियोगितामा राष्ट्रिय जागृति क्लब इटहरी सुनसरी ,गंढी युथ स्पोर्टिङ क्लब ,नेपाल एपिएफ कोशी प्रदेश ,सहलेश युवा क्लब रारा फुटबल क्लब धनकुटा, विराटनगर सिटि एफसि विराटनगर मोरङ , chatya .sa .fc. दमक झापा लगायत आयोजक क्लब गोल्डेन स्टार युथ क्लब बिच प्रतिस्पर्धा हुने जनाइएको छ ।
बिजेता टिमले उपाधी सहित नगद ४ लाख एक सय एक रुपैया सहित सिल्ड मेडल प्राप्त गर्ने छ । उपबिजेता टिमले नगद २ लाख एक सय एक रुपैया सहित सिल्ड मेडल प्राप्त गर्ने छ । विभिन्न विधा तर्फ उत्कृष्ट हुने खेलाडीहरूलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको
छ । प्रतियोगितामा ४१ खर्च हुने आयोजकले जनाएको
छ । पत्रकार सम्मेलनमा बोल्दै दुहबी वडा नम्बर ७ का वडाअध्यक्ष बिजय कुमार चौधरीले भलुवा गोल्डकपलाई गरेको सहयोगको विषयमा जानकारी दिंदै भलुवा गोल्डकपलाई विभिन्न संघ संस्था र ब्यक्तित्वहरुले गरेको योगदानको चर्चा गरेका थिए ।त्यसे गरि मिडिया पार्टनको रुपमा कोशीपत्र दैनिक , न्युजपार्क अनलाइन ,दुहबी टाइम्स साप्ताहि ,कोचिला एफेम ,कोचिला खबर ,प्रतिक्षण दैनिक र गोलनेपाल डक कम रहेको अायोजकले जानकारी दिएका छन ।