राजवंशी खबर / विराटनगर

मंगलबार, भाद्र ११, २०८१

विराटनगर / विराटनगर स्थित जेएनएल फुटसलमा सम्पन्न भएको यू-१४ फुटसल टुर्नामेन्टको उपाधि डिपिएस एकेडेमीले जितेको छ। सोमबार भएको फाइनल खेलमा डिपिएस एकेडेमीले विराटनगर सिटी फुटबल क्लब (बिसीएफसी)लाई पेनाल्टी सुटआउटमा ३-२ को गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।

निर्धारित समयभित्र दुवै टोलीले समान गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा उत्कृष्ट प्रदर्शन गर्दै डिपिएस एकेडेमीले नगद ५००० रुपैयाँ, ट्रफी, र मेडल जित्न सफल भयो। उपविजेता बिसीएफसीले नगद २००० रुपैयाँ, ट्रफी, र मेडल प्राप्त गर्‍यो।

प्रतियोगितामा ८ वटा टिमले सहभागीता जनाएका थिए, जसमा बिसीएफसी, रानी आँखा, डिपिएस एकेडेमी, जेएनएल, जनपथ एकेडेमी, नवयुवा क्लब, गोल्डेन स्टार जुनियर, र बुडीगंगा स्पोर्ट्स क्लब समावेश थिए। प्रतियोगिताको उत्कृष्ट गोलरक्षकको उपाधि अस्मिन बस्नेतले प्राप्त गरे भने सर्वोत्कृष्ट खेलाडीको उपाधि अमन दाँहाले जिते। कार्यक्रमका प्रमुख अतिथि, एन्फाका पूर्व उपाध्यक्ष सन्तोष बानियाले विजेता र उपविजेता टोलीलाई पुरस्कार वितरण गरेका थिए।

नेपालमा फुटसलको इतिहास नयाँ भए पनि यसले युवा फुटबलरहरूको पहिचान र विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउँदै, जेएनएल फुटसलका सञ्चालक शुभाशिस कोइरालाको कामको प्रशंसा गरियो। जेएनएल फुटसल लामो समयदेखि खेलाडीहरूको विकासमा सक्रिय रहेको र यो स्थान युवाहरूको रोजाइमा पर्दै गएको छ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]