राजेश कुमार राजवंशी जहदा

शनिबार, जेठ २६, २०८१

विराटनगर / कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कुमार कार्की नेतृत्वको सरकारले विराट गोल्ड कपको बजेट रु ५ लाख काटिएको छ । कोशी प्रदेशको राजधानी विराटनगर वाट सञ्चालन हुने विराट गोल्डकप फुटबल प्रतियोगिताको बजेट कटौती गरेको छ । यस अघिल्लो मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले विराट गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्न २५ लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । तर बहालवाला मुख्यमन्त्रीले विराट गोल्डकप फुटबल प्रतियोगिताको लागि विनियोजन गरिएको रकम मध्येबाट ५ लाख रुपैयाँ कटौती गरेर २० लाखमा झारेका छन् ।

मुख्यमन्त्री हिक्मत कार्कीले विराट गोल्डकप फुटबल प्रतियोगिताको बजेट कटौती गरेर सुनसरी धरानको बुढासुब्वा गोल्डकप फुटबल प्रतियोगिता र झापा गोल्डकप फुटबल प्रतियोगिताको बजेट वृद्धि गरेका छन् । बुढासुब्वा गोल्डकप फुटबल प्रतियोगिताको बजेट १० लाखबाट बढाएर १५ लाख पुर्‍याइएको छ । झापा गोल्डकप फुटबल प्रतियोगिताको बजेट १५ लाखबाट बढाएर २० लाख रुपैयाँ पुर्‍याइएको छ ।

आर्थिक वर्ष २०८१/०८२ का लागि नेपाल सरकारले राष्ट्रिय खेलकुद परिषदको नाममा ३ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवले देशभरी सञ्चालन हुने जुन सुकै फुटबल प्रतियोगितालाई वार्षिक रुपमा ५ देखि १० लाख रुपैयाँ बजेट दिन सक्छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]