राजेश कुमार राजवंशी

बुधबार, बैशाख ०५, २०८१

विराटनगर / विराट राजवंशी सास्कृतिक पुस्तकालयले विराटनगर १२ बखरीमा सास्कृतिक पुस्तकालय निर्माण गर्ने भएको छ । उक्त सास्कृतिक पुस्तकालय कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले शिलान्यास गरेका छन । विराट राजवंशी सास्कृतिक पुस्तकालयको निर्माण काॠ बजेट अनुसार निर्माण कार्य सम्पन्न हुने मुख्य मन्त्री कार्कीले बताएका छन । विराट राजवंशी सास्कृतिक पुस्तकालयको कार्यक्रममा बोल्दै जुन बोल्ने हो त्यो काम पुरा गर्नु पर्छ । राजनीति कुनै पनि देशमा चाहे उतर कोरिया या भारत होस् राजनीति घृणा लागे पनि राजनीतिले नै निर्णय गर्ने हो ।राजवंशी युवाहरूले भवन शिलान्यास गर्नु भयो वा बाल बन्ला पंखा पनि होला वा किताब पनि राख्ला डिजिटल लाइब्रेरीको पनि स्थापना गरौंला ।

तर लाइब्रेरी मा आएर पढ्ने मान्छे भएन भने मरेको शरीर जस्तै हुन्छ । मरेको शरीर राखी राखौ भने गन्हाउछ । त्यसै कारणले पुस्तकालय भित्र पढ्ने वातावरण बनाइ दिनु पर्यो ।चेतनशील भय पनि डाक्टर भएर केही हुँदैन ।विरामीले औंषधि खाएन भने नशा भित्र सुइ छिरेन भने डाक्टर पचास वटा राखे पनि त्यो मान्छे बाच्न सक्दैन ।त्यसै कारणले विराट राजवंशी सास्कृतिक पुस्तकालयलाई बचाउने काम विराट राजवंशी समाजको हो।मानवीय विकास बाट भौतिक विकासको सम्भव छ ।हामीले धेरै बाटो घाटो चौतारी ,मठ मन्दिर पुस्तकालय बनायौ त्यसको सदुपयोग भयो कि भएन मानव विकास चाहिन्छ ।त्यस्तो काम कोशी प्रदेश सरकारले गरेको छ । तपाईंहरुको भोट लिएर सबै आमाको काखमा बच्चा दिएको छ ।कोशी प्रदेशमा दस वर्ष मुनिको बालबालिकालाई निशुल्क उपचार सेवा लागू भइ सकेको बताउनु भयो ।

विराट राजवंशी सास्कृतिक पुस्तकालयको अध्यक्ष कुशेस्वर राजवंशी विराट राजवंशी एकता , पहिचान , अधिकार , समृद्धि र स्वाभिमानको लागि वा भेष भुषा ,भाषा कला संस्कृति समृद्धिको निम्ति विराट राजवंशी पुस्तकालय भवन निर्माण गर्न लागेको बताउनु भयो ।

कोशी प्रदेशको पर्यटन,वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजनाको बजेटबाट पुस्तकालय भवन निर्माण हुन लागेको हो । आयोजनाले भवन निर्माणकालागि २५ लाख बजेट विनियोजन गरेको आयोजना प्रमुख कुलदीप यादवले जानकारी दिनुभयो ।

पुस्तकालय भवन निर्माणको बुढी गंगा गाउँपालिकाको जीआर निर्माण सेवाले ठेक्का लिएको छ । २०८० चैत ३० गते भएको ठेक्का सम्झौता अनुसार विनियोजित बजेटबाट निर्माण कम्पनीले भुईतल्ला,पिलर र छत ढलानको काम सक्ने निर्माण कम्पनीका प्रोप्राईटर उज्वल राउतले जानकारी दिनुभयो । २०८१ जेठ मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने ठेक्का सम्झौता छ ।

सो ठाउँमा भवन निर्माणकालागि पुस्तकालय समितिले पौने ७ धुर जग्गा खरीद गरेको छ भने ६ धुर जग्गा स्थानिय समाजसेवी ईन्जीनियर रामअशिष महतोले भुमिदान गर्नुभएको छ ।

कार्यक्रममा बक्ताहरु बोल्दै राष्ट्रिय आदिवासी जनजाति वरिष्ठ उपाध्यक्ष प्रदीप विस्वास राजवंशी मगही भाषा प्रतिस्ठान मोरङ अध्यक्ष जय प्रकाश महतो विराट राजवंशी सास्कृतिक पुस्तकालयलाई अगाडि बढाउन सहयोगसाथ रहने बताउनु भयो।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]