संजय राजवंशी ( नेपाल प्रेमी )

सोमबार, बैशाख ०३, २०८१

कटहरी / प्रत्येक वर्ष १ गते बैशाख महिनामा पूर्वी तराईको झापा, मोरङ र सुनसरी लगायतका जिल्लामा आदिवासी समुदायले सिरुवा पर्व मनाउने चलन रहिआएको छ । तराईमा बस्ने आदिवासीहरु काद सिरुवा तथा ग्रामथान पुजा गरिने चलन रहेको छ । नेपालकाे पुर्वी जिल्ला झापा , माेरङ र सुनसरी जिल्ला लगायतका राजवंशी , धिमाल , थारु, मेचे , गनगाइ ताजपुरिया र माझी समुदायले सिरुवा पर्व मनाउने गर्दछन् ।

प्रत्येक नयाँ वर्षमा सुरु हुने पर्वकाे अवसरमा यस वर्ष २०८० चैत्र महिनाको अन्तिम दिन ३० गते माेरङकाे कटहरीमा राजवंशीले काद सिरुवा अर्थात् पानी सिरुवा खेल्दै मनाएका छन् । एक आपसमा कादाे र पानी छ्यापेर सिरुवा मनाउने गरिन्छ ।

त्यस्तै , माटोको हिलो बनाएर हिलो एक अर्कालाई लगाएर सिरुवा मनाउने गरिन्छ । राजवंशी समुदायले सिरुवा पर्वलाई प्रमुख चाडको रुपमा मनाउने गर्दछन् । यो पर्वमा विभिन्न परिकार खाने र संस्कृति झल्काउने नाचगान गर्ने चलन रहिआएको छ । पर्वको अवसरमा यी जिल्लाहरूमा विशेष सांस्कृतिक कार्यक्रमहरूसहित सिरुवा मेला पनि लाग्ने गर्दछ । साथै राजवंशी तथा आदिवासीहरु मेलामा बेहुला / बेहुली एक अर्कोलाइ हेरि विवाह गर्दछन् ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]