संजय राजवंशी ( नेपाल प्रेमी )

शनिबार, बैशाख ०१, २०८१

कटहरी / आज बैशाख १ गते राजवंशी , थारू तथा आदिवासी जनजाति समुदायको मेलापात सुरु भएको छ । झापा , माेरङ्ग र सुनसरी लगायत देशभरका तराई क्षेत्रमा ग्रामथान पुजा दिने चलन रहिआएको छ । परेवा , हाँस , बाेका ( पाठा ) जस्ता पशुपंछिहरुकाे बलि दिने चलन रहेको छ ।

प्रत्येक वर्ष जस्तै यस वर्ष २०८१ साल बैशाख १ गतेदेखि झापा , माेरङ्ग र सुनसरीकाे ग्रामथान पुजा गरी साेहि ठाउँमा मेलापात हुने चलन रहिआएको छ । आज १ गते माेरङ्ग जहदा गाउँपालिकाकाे राजाधनपालथान र सुनवर्षि नगरपालिकाकाे पटियापारा मेला लागनेछ ।

राजवंशी समुदायमा यहीँ समयमा विवाहको लागि बेहुला र बेहुली एक अर्कोलाई मन पराएर विवाह गर्ने चलन पनि रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]