कटहरी / कटहरीका ४३ वर्षिया शम्भु सरदर ब्रेन ट्यमरबाट ग्रसित सरदार घरमै थलिएर बसेका छन् । कटहरी गाउँपालिका वार्डा नम्बर ७ स्थित जंगटोल तकीयाका ब्रेन ट्यूमरबाट ग्रसित उनि छिमेकी तथा साथीहरूकाे सहयोगमा काेशी अस्पताल सम्म आएका सरदार उक्त अस्पताले रेफर गरिएको हाे ।

कटहरी गाउँपालिका वार्डा नम्बर ७ स्थित जंगटोल तकीयाका ४३ वर्षीय सम्भु सरदार गत माघ २५ गते ब्रेन ट्यूमर भएको पक्त लागेको हाे । उपचारका लागि उनकी श्रीमतीले सुनका गरगहना, घरबारी बिहिन भए तर कोशीमा उनको उपचार हुन सकेन । श्रीमानको उपचारको लागि अहिले उनी मनकारी दाताहरुसँग हारगुहार गरिरहेकी छिन् । घरको आर्थिक अवस्था दयनीय भएकै कारण अरुको घरमा सहयोग माग्नु परेको पीडितकी श्रीमती सोनादेवीको भनाई छ ।

श्रीमानको उपचार गराउन त परै जावस उनीहरुलाई साँझ विहान हातमुख जोड्न समेत धौधौ छ । पीडितकी श्रीमती सोनादेवीको भरपर्दो कमाइ छैन । उनी अरुको घरमा जनमजदुरी गर्छिन् । विरामीको उपचारमा आफ्ना घरवारी सवै विक्रि गरेपछि कटहरी–७ मा उनीहरु बस्दै आएका छन् । पिडीतको बिजोग देखेर उनलाई कोशी र नोवेल अस्पतालसम्म आफ्न्तहरुले सहयोग गरेको थिए । तर आर्थिक अभावकै कारण उनीहरुको त्यहाँ उपचार हुन सकेन । शम्भुको उपचारका लागि उनकी भतिजि ममता सरदार र आफ्न्त लालवतीले मनकारी दाताहरुसंग सहयोगका लागि अपिल गरेका छन् । यता सरदारको उपचारमा सहयोग गर्न पालिकालाई सिफारीस गरेको कटहरी गाउँपालिका ७ का वडाध्यक्ष मनोज माझीले प्रतिक्रिया दिनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]