Rajbanshi Khabar

आइतबार, फाल्गुण १३, २०८०

विराटनगर / नेपाल डोरी तान संघको आयोजनमा दोस्रो राष्ट्रिय टग अफ वार प्रतियोगिता महेन्द्र मोरंग आदर्श बहुमुखि क्याम्पस विराटनगरको प्रांगणमा हुने भएको छ ।

संघको कोशी प्रदेश अध्यक्ष रिता न्यौपानेले विराटनगरमा पत्रकार सम्मेलन गरी दोस्रो राष्ट्रिय टग अफ वार प्रतियोगिता महेन्द्र मोरंग आदर्श बहुमुखि क्याम्पस विराटनगरको प्रांगणमा फागुन १८ र १९ गते हुने खेलमा १९ लाख खर्च हुने जानकारी गराएका हो ।

प्रतियोगितामा विभिन्न जिल्ला र प्रदेश हुदै छानिएर आएका ७ प्रदेशका ७ टिम तथा ३ विभागिय टिम नेपाली सेना , नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरि १०–१० टिमको सहभागिता रहनेछ । खेल ६०० के. जी. तौल समुहमा खेलाईनेछ । प्रतियोगितामा विजेता टिमलाई नगद १ लाख मेडल, शिल्ड र प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ५० हजार तथा मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिने न्यौपानेले वताए ।

२०६४ सालमा विधिवत रुपमा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको यस संघले विभिन्न प्रतियोगिताहरु संचालन गर्दै आइरहेको छ । नेपालको पुरानो खेल भएपनि लामो समयदेखि ओझेलमा परेको डोरी तान खेललाई प्रवर्धन र विकास गर्नु प्रतियोगिताको मूल उद्देश्य रहेको छ । प्रतियोगितामा करिव १९ लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कुमार कार्कीले गर्ने छन् । त्यसै गरी प्रतियोगितको समापन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ हुने छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]