विराटनगर / मोरङको बुढीगंगा गाउँपालिका ४ प्रगती टोलमा लहरी गाडी पल्टिँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बुढीगंगा गाउँपालिका-४ की ज्योति अधिकारीकी चार वर्षीया इसिता अधिकारी, चार वर्षीय निशान्त अधिकारी र ८ वर्षीया रिहा खवास रहेका छन्।

आरजे२९जिबी १५६१ भारतीय नम्बर प्लेटको लहरी गाडी शुक्रबार बिहान दुर्घटना भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले बताए।

ज्योति अधिकारीका छोरा र छोरी जुम्ल्याहा रहेको उनले बताए। ढुंगा बोकेको लहरी अनियन्त्रित भएर पल्टिएको उनले बताए।

बिहान ७ बजे उद्योगतर्फ जाँदै गरेको लहरी ज्योति अधिकारीको घरमा पल्टिएको प्रहरीले जनाएको छ।

पल्टिएको लहरीले किचेर तीन जना बालाबलिकाको घटनास्थलमै मृत्यु भएको दाहालले बताए। दुर्घटनामा ज्योति गम्भीर घाइते भएकी छिन्।

घटनास्थलमा क्रेनको सहयोगबाट शव निकाल्ने प्रयास भइरहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]