Rajbanshi Khabar

शुक्रबार, फाल्गुण ११, २०८०

कटहरी / माेरङकाे कटहरी गाउँपालिकाले दादुरा रुबेला खाेप अभियान २०८०-८१ सम्पन्न गरिएको छ । कटहरी गाउँपालिकाकाे स्वास्थ्य शाखा भवनको हलमा एक कार्यक्रमकाे आयाेजना गरी खाेप सम्बन्धि कार्यक्रम गरिएकाे हाे ।

राष्ट्रिय खाेप कार्यक्रम अन्तरगत उक्त दादुरा रुबेला खाेप अभियानकाे कार्यक्रममा WHO विराटनगरका सहज कर्ता अर्पन डिसिले गर्नुभएको हाे । नेपालभर ७२ जिल्ला ७३३ स्थानीय तहमा पुर्ण खाेप घाेष्णा गरिएको बताउदै आ व २०७९-०८० सम्म एक हजार तिन सय उनचालिस जनामा देखिएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि कटहरी गाउँपालिका उपाध्यक्ष सिता देवि राजवंशी यस खाेपलाई क्रमश जनता माझ अझै प्रभावकारी समन्वय भुमिका वाट सन्चालन गर्नुपर्ने देखिएको बताउदै दलित पिछडिएका वर्ग लगायतका क्षेत्रमा यसकाे प्रभावकारी प्रचारप्रसार गर्नुपर्ने अनिवार्य रहेको बताए ।

कटहरी वडा नम्बर १ वडा अध्यक्ष हरिनारायण राजवंशी , वडा नम्बर २ का अध्यक्ष सुरेन्द्र राजवंशी , वडा ४ का अध्यक्ष जिव्नेशवर यादव , वडा नम्बर ५ का समपत लाल सरदार लगायत वडा सदस्य तथा विभिन्न पदधिकारीकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । कार्यपालिका सदस्य श्याम मण्डल , स्वास्थ्य शाखा प्रमुख शुकल प्रसाद साह लगायतको उपस्थिति रहेको छ । समिति पदाधिकारी सन्चारकर्मी तथा सराेकारवालाहरुसँग गाउँपालिका स्तरीय अभिमुखिरण कार्यक्रम भएको हाे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]