कटहरी / मोरङकाे सुनवर्षी नगरपालिका झुँगि टाेल नकआउटका क्रिकेट प्रतियोगिता फाइनल भएको छ । सुनवर्षि नगरपालिका वडा नं ५ मा आयोजित झुँगी टोल नकआउट क्रिकेट प्रतियोगिता को फाइनल खेलमा आमगाछि स्टारले विजयी प्राप्त गरेको छ ।

उक्त प्रतियोगिता १५ दिन सम्म निरन्तर भइरहेको उक्त प्रतियोगिता मा कुल १६ टिम को सहभागिता रहेको खेल व्यबस्थापक राम कुमार राजवंशी ले जानकारी गराए ।

टच जितेर पहिलो ब्याटिङ राेजाेका सुनवर्षि टाइटनले लिएको थिए । अन्तिम फाइनल खेलमा उपाधिका लागि सुनवर्षी टाइटन र आमगाछी स्टारले प्रतिस्पर्धा गरेका थिए ।

सुनवर्षी टाइटन ले २० ओभर को समाप्तिमा अलआउट हुदै १ सय ५२ रन बनाउन सफल भएको थियो भने १ सय ५३ रन को विजय लक्ष्य लिँदै मैदान मा उत्रिएको आमगाछी स्टार ले १९.८ओभर को समाप्तिमा १५३ रन बनाउँदै झुंगीटोल नकआउट को उपाधी जित्न सफल भए ।

उक्त अन्तिम खेलकाे कार्यक्रममा नगर प्रमुख श्याम प्रसाद राजवंशी , उप प्रमुख मिरा देवी दास , कटहरी गाउँपालिका उपाध्यक्ष सिता देवि राजवंशी , वडा अध्यक्ष योगेश्वर प्रसाद ठाकुर , प्रशासकीय प्रमुख अधिकृत रुद्र प्रसाद दुलाल , वडा सदस्यहरु लगायत समाजसेवी , खेलप्रेमी व्यक्तित्वहरुकाे बाक्लो उपस्थिति रहेको थियो । खेलमा विजेता र उपविजेता दुवै टिम लाई कार्यक्रममा पुरस्कार प्रदान गरेका थिए ।

राम कुमार राजवंशीका अनुसार खेलमा म्यान अफ दी म्याच र म्यान अफ दी सिरिज को उपाधी सोमु पासवान ले जित्न सफल भए । त्यस्तै बेस्ट ब्याट्स्म्यान राम झा , बेस्ट फिल्डर कुश मण्डल , र बेस्ट बलर सचिन मण्डल लाई समेत पुरस्कार प्रदान गरिएको बताए ।

 

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]