काठमाडौँ / नेपाली राष्ट्रिय क्रिकेटर टिमका खेलाडी सन्दिप लामिछाने काठमाडौं जिल्ला अदालतले ८ वर्ष कैद सजाय निर्धारण गरिएको छ ।

सन्दिप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले ८ वर्ष कैद सजाय निर्धारण गरेको छ । साथै ३ लाख जरीवाना २ लाख क्षतिपुर्ति भराउन समेत आदेश दिएको छ ।

काठमाडौँ जिल्ला अदालतले सजाय सम्बन्धी निर्णय आज बुधबार सार्वजनिक गरिएको हो ।

गौशला २६ का कानुन ब्यबसायिले १५ वर्ष कैद सजाय माग गरेका थिए भने सरकारी वकिलले १० वर्ष सजायको माग गरेका थिए । त्यस्तै सन्दीप लामिछानेका कानुन ब्यबसायिले ७ वर्षको सजाय निर्धारण हुनु पर्ने माग अदालत समक्ष गरेका थिए ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई ८ वर्ष कैद सजाय सुनाए । साथै उनलाइ ५ लाख क्षतिपुर्ति गराउन आदेश दिएका थिए । यसअघि गत १३ पुसमा न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई बलत्कार मुद्दामा दोषी ठहर गर्दै आज बुधबारका लागि सजाय निर्धारणको पेशी तोकेको थियो ।

सन्दीपको मुद्दामा अदालतको फैसलाको पूर्ण पाठ आएपछि सन्दीप पुनरावेदनका लागि उच्च अदालत जाने उनका वकिल सरोज कृष्ण घिमीरेले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]