रङ्गेली / रङगेली प्रीमियर लीग क्रिकेटको प्रतियोगितामा संसारी चाईलेन्जर्सलाई हराउँदै उपाधी आमगाछी ईगल्स टीमको पोल्टामा परेको छ ।

आमगाछी ईगल्सले पहिलो टस जिती विस ओभरको खेलमा संसारी चाईलेन्जर्सलाई १४० को टारजेट दिएको थियो । दोस्रो ब्याटींगमा खेल्दै संसारी चाईलेन्जरले १०६ रण पुरा गरी अल आउट हुँदा आमगाछी ईगल्स टीम प्रिमियर लीगको विजेता घोषित भएका थिए । दोस्रो स्थान संसारीले चाइलेन्जरले प्रप्ता गरको थियो ।

उक्त खेलमा रंगेली नगरपालिका का ६ वटा टिमले भाग लिएको थियो जसमा रंगेली वडा नं ५ आमगाछी का आमगाछी ईगल्स र रंगेली वडा नं ७ का संसारी चालेन्जर ले फाइनल खेलमा पुगेको थियो ।

विजेता टीम लाई नगद १ लाख र दोस्रो स्थान हुने टीमलाई ५१ हजार पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी म्यान अफ दि म्याच हुनेलाई १ हजार ५ सय, वेस्ट व्याटस म्यानलाई ५ हजार १ सय र बेस्ट फीलडरलाई ३ हजार ५ सय पुरस्कार प्रदान गर्नुका साथै विजेता र उप विजेतालाई शिल्डकप, प्रमाणपत्र र नगद प्रदान गरिएको थियो ।

रंगेली प्रीमियर लीग क्रिकेट प्रतियोगिताको मञ्चमा आयोजक समिति का अध्यक्ष बेदमनी घिमिरे, प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री माननिय श्री डिग वहादुर लिम्बू रहेको थियो भने विशिष्ट अतिथिमा कोशी प्रदेश संसद माननिय अमृत अर्याल, रंगेली नगरपालिका प्रमुख दिलीप अग्रवाल, सन्वर्शी नगरपालिका प्रमुख श्याम राजवंशी र धनपाल थान गाउँपालिका प्रमुख जिवच्छ गच्छदारको उपस्थिति रहेको थियो ।

मोरङको रंगेली नगरपालिकाको जनता क्यामपसको खेल मैदानमा पुस ५ गते देखि शरु भएको रंगेली प्रीमियर लीग क्रिकेट प्रतियोगिता पुस २१ गते शनिबार फाइनल खेल भई विजेता र उपविजेता लगायतको खेलाडीहरुलाई पुरस्कार रकम र प्रमाणपत्र वितरण गरी आयोजक समिति का अध्यक्ष बेदमनी घिमिरको अध्यक्षतमा प्रतियोगित सम्पन्न भएको थियो ।

यस समाचार क्राइम अपरेशन अनलाइन पत्रिका वाट साभार गरिएको हाे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]