विराटनगर / श्रम बजार सूचना प्रणाली ः श्रम संसारको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराटनरका शुभारम्भ गरका छन् ।

शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ‘श्रमको सम्मान गर्न सकेमात्र विकास सम्भव हुने वताउँदै श्रममा कोही ठूलो कोही सानो नहुने बताएका छन् ।

‘हाकिमदेखि स्वीपरसम्म सबैले आफ्नो काम गरिरहेको अवस्था छ । सबै आफ्नो ठाउँमा दक्ष हुन्छ । आफ्नो कामजानेको हुन्छ, श्रममाको ठूलो को सानो हुन्छ र ? त्यस कारण श्रमको सम्मान गर्न जरुरी रहेको छ ।’

दक्ष जनशक्ति रोज्नका लागि श्रम संसार महत्वपूर्ण साबित हुने उल्लेख गरेका छन् । ‘अब यस क्षेत्रमा कसैले पनि काम गर्ने मान्छे रोजेर पाइने भएको छ । उनले भने, यसले हाम्रो श्रम बजारलाई समेत व्यवस्थित गर्दछ ।’ मुख्यमन्त्रीकार्कीले मानिसको आवश्यकता अनुसार श्रममा लाग्न सक्ने उल्लेख गर्दै श्रम बजार जति फैलियो त्यति विकाशले गति लिने बताए ।

‘हरेक विकसित मुलुकको श्रम बजार विश्वमा छ । मानिसले आवश्यक्ता अनुसारको श्रम गर्न पाउने व्यवस्था संविधानमा नै उल्लेख भएको अवस्था छ । अनि एक थरी मानिसहरू मानिस विदेसिए देश सकियो भनेर भ्रम फैलाइरहेका छन् ।’ उनले थपे । यस परियोजनाले विश्वको श्रम बजारलाई समेत व्यवस्थित बनाउन सक्छ र हामी यसलाई विस्तार गर्ने छौँ ।’

श्रम सञ्चार कोशीप्रदेशको सामाजिक विकास मन्त्रालयले स्विस कन्ट्याकका साथै आसमान नेपालसँगको सहकार्यमा सञ्चालित ‘स्टेप अप’ परियोजना हो । यस परियोजनाले सुरुवातमा कोशी प्रदेशका विराटनगर महानगर पालिका, इटहरी उपमहानगर पालिकाका र दुहवी नगरपालिकाको साझेदारी गरेका छन् । क्रमश ः १३७ वटैै पालिका समेट्ने लक्ष रहेको स्विस कन्ट्याककाप्रोजेक्ट अफिसर सागर चापागाईँले जानकारी दिए । उनले भने, ‘यो काम खोज्नका साथै रोज्नका लागि निःशुल्क माध्यम हो । अर्को तर्फ यो प्रणाली प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा रहेको जिआईडिसि सँग लिङ्क भएकाले पनि हाम्रा डाटाहरू सुरक्षित रहेका छन् ।

एप्सबाट बेरोजगार युवाहरूलाई रोजगारीमा समेट्नुका साथै स्थानीय स्तरमा हुने तालिमका बारेमा पनि जानकारी प्राप्त गर्न सकिने विश्वास लिइएको छ । सो प्रणालीमा हालसम्म ३४ सय बढी संस्था तथा व्यक्ती दर्ता भएका छन् । जसमा तीन सय बढीले रोजगारीका लागि आवेदन दिँदा ३१ जनाले रोजगारी प्राप्त गरिसकेको उद्घाटन समारोहका बिच चापागाईँले बताए । सामाजिक विकास मन्त्रालयका सचिव वासुदेव दाहालको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा कार्यगत एकता तथा सहकार्यका लागि कोशी प्रदेश सरकार स्विस कन्ट्याक्कट र आसमान नेपालका बिच त्रिपक्षीय हस्ताक्षर समेत गरेका छन् ।

यस समाचार क्राइम अपरेशन अनलाइन पत्रिका वाट साभार गरिएको हाे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]