विराटनगर / मोरंग व्यापार संघ ट्रेड एक्स्पोको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्धघाटन गर्दै विराटनगरलाई विशेष आर्थक क्षेत्र बनाउने प्रतिवद्धता जनाएका छन् ।

मुलुकको वर्तमान अर्थतन्त्रका अधिकांस औपचारिक सुचाकंकहरु सकारात्मक बन्दै गएको भएपनि हालको अर्थतन्त्र दवाव मुक्त नभएको वताउँदै महँगी कम हुँदै गएको, नयाँ योजनाहरु अगाडी वढेको र निर्माण व्यवसायीहरुको भुक्तानी प्रक्रिया अगाडी बढिसकेको प्रधानमन्त्री दाहालको भनाई छ ।

रेमिट्यान्सको भरमा मुलुक चल्नु राम्रो नभएपनि वर्तमान अवस्थमा अति नै महत्वपूर्ण रहेको वताउँदै बैंकको ब्याजदर घट्दै गएको, ऋण प्रवाह बढेको, पर्यटन क्षेत्रमा सुधार आएको र स्थायी तरलताको सुविधा घटाईएको कारण अर्थतन्त्र लयमा फर्किएको दावी गरेको छ । विराटनगर कटहरी कार्गो रेल संचालनको विषयमा भारतबाट आउने उच्च नेतृत्वसँग छलफल गर्ने समेत बताए ।

कांग्रेस नेता डा. शेखर कोईरालाले विराटनगर प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेले पनि कसैसँग केही नमागी अगाडि बढ्दा राज्यले ध्यान नदिएको भन्दै पञ्चायती कालमा विराटनगरलाई हेला गरे पनि उद्योगी व्यवसायिले बचाएको भन्दै अहिले पनि उनीहरूको विश्वास लिनुपर्ने बताए । कोईरालाले रिङ रोडलाई बहुवर्षेमा राखेर अगाडि बढाउनु पर्ने, विमानस्थललाई अन्तरास्ट्रिय स्तरको बनाउनु पर्नेमा जोड दिएका थिए ।

त्यसैगरी महोत्सव उद्घाटन कार्यक्रममा विराटनगर महानगर प्रमुख नागेश कोईरालाले पछिल्लो समय विराटनगर पछि परिरहेको वताउँदै विराटनगरमा ओैद्योगिक प्रदर्शनी स्थल बनाउनु आवश्यक भएको बताए । विराटनगर जुटमिलको संरक्षण अभाव भएको, विराटनगर रिङ रोड बन्न नसकेको, मालबहाक रेल संचालनमा नआएको, विराटनगर क्षेत्रीय विमानस्थललाई अन्तरास्ट्रिय विमानस्थत बनाउनु पर्ने, क्षेत्रीय उडानहरू विराटनगरबाटै गर्नुपर्ने लगायतका माग गरेका थिए ।

विराटनगर–२ शंकरपुरमा लागेको एक्स्पोमा कृषिजन्य उत्पादन, पर्यटन, हस्तकला, अटोमोबाइल र औद्योगिक प्रदर्शनी राखिएको छ । एक्सपोमा जर्मन प्रविधिमा निर्मित हेंगरमा २४० वटा स्टल रहेको छ ।

एक्स्पो आयोजना गर्न करिब ४ करोड खर्च लागेको छ । पुस ६ गते देखि १६ गते अर्थात १० दिनमा १५ करोड भन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ । एक्स्पोलाई ५ लाखभन्दा बढी सर्वसाधारणले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । प्रदेशका कृषि उत्पादन, अन्तर प्रादेशिक व्यापार संभावना र सेवालाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्ने एक्स्पोको लक्ष्य छ ।

यस समाचार क्राइम अपरेशन अनलाइन पत्रिका वाट साभार गरिएको हाे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]