Rajbanshi Khabar

बिहिबार, मंसिर २८, २०८०

धनकुटा /नेकपा एमाले पार्टीका पार्टी अध्यक्ष केपि शर्मा ओली माथि आज हातपात भएको छ । नेपालकाे मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेकाे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटाका नेपाली जनताले हातपात गर्ने प्रयास गरिएको हाे ।

पार्टी अध्यक्ष केपि शर्मा ओली भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका वडा ५ लेगुवामा पुगेका ओलीमाथि फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका महेश राईले हातपात गर्ने प्रयास गरेका हुन् ।   

महेश राईको हातपातको प्रयास लगत्तै उनीमाथि एमाले पार्टीका कार्यकर्ताले कुटपिट गरेका थिए । नेपाल प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

महेश राईले किन मुक्का हानेको भन्ने वारे कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]