कटहरी / माेरङकाे रतुवामाई नगरपालिकामा अवैध भन्सार छलीको सामान बरामद गरिएको छ । यही मिति २०८० मंसिर २५ गते राजश्व छली नियन्त्रणको लागि ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले मोरङ जिल्लाको रतुवामाई नगरपालिका-७ स्थित भित्री सडक खण्डमा पक्राउ गरिएको हाे ।

गार्डि नम्बर प्र.१-०४-००१च १०८३ नंम्वरको पिक अप गाडीमा अवैध रूपमा राजश्व छली गरी ल्याएको सोना मंसुली लेखिएको १०० बोरा चामल (२५०० केजी) अन्दाजी बजार मुल्य रू १,१७,५००।- (एकलाख सत्र हजार पाँचसय) र सो चामल ढुवानी गर्न प्रयोग भएको सवारी साधन अन्दाजी मुल्य रू. ५,००,०००।- (पाँचलाख) समेत गरी अनुमानित मुल्य रू ६ लाख १७ हजार ५ सय बराबरको बरामद सामान र सवारी साधन, चालक मोरङ जिल्ला रंगेली नगरपालिका-२ वस्ने बर्ष २८ को दिनेश साहलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विराटनगरमा बुझाईएकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]