विराटनगर / लायन्स क्लवले सामाजिक कार्यमा मुलुकमा ठूलो योगदान गरेको कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले बताएका छन् ।

लायन्स क्लव विराटनगर युनाइटेडको १३ औं पदस्थापना एवं सम्मान कार्यक्रमको आज विराटनगरमा उद्घाटन गर्दै क्लव सेवा भावनाले प्रेरित रहेको छ र यसले जाजरकोट र रुकुम क्षेत्रमा भुकम्प पीडितहरुलाई पु¥याएको सहयोगको प्रशंसा समेत गरे ।

प्रदेश प्रमुख खापुङले सेवाको भावनाले समाज कल्याण गर्न लाग्नु भएका सम्पूर्ण पदाधिकारीहरुलाई थप प्रेरणा मिलोस भनि शुभकामना दिए ।

प्रदेशका विना विभागिय मन्त्री कमलप्रसाद जवेगुले क्लव सेवाको आवश्यक्ता भएको नागरिकहरुलाई खाद्य सामाग्री, न्यानो कपडा, शैक्षिक सामाग्री लगायतका विभिन्न सहयोग प्रदान गर्ने अनुशासित संस्था भएको बताए ।

क्लवका अध्यक्ष टिका सिवाकोटी, पूर्व मन्त्री जीवन घिमिरे र जिल्ला सभापति विजयहरि शर्मा लगायतले क्लवले समाजले भूकम्प पीडित, सितलहरबाट नागरिकलाई जोगाउन ,जेष्ठ नागरिक र विद्यार्थीहरुलाई प्रदान गरिएको सहयोग लगायतका विषयमा चर्चा गरे ।

सो अवसरमा लायन्स यूनाइटेडका नव पदाधिकारी एवं पूर्व गर्भनरहरुलाई सम्मान गरिएको थियो ।

यस समाचार खबर पुर्वान्चल अनलाइन पत्रिका वाट साभार गरिएको हाे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]