झापा / काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा संयुक्त सरकारका लागि आह्वान गर्नु भएको छ ।
आइतबार नेपाली कांग्रेस झापाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सर्वदलीय सरकारको आह्वान गरेको हो ।
संविधानको सदुपयोग गर्दा पार्टी भित्र विद्रोह गरेको रूपमा नबुझ्न आग्रह गर्दै उहाँले पार्टीका संस्थागत निर्णयहरूको पूर्ण पालना गर्दै पार्टीको नीति, सिद्धान्त र विचार अनुकूल रहेर मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने प्रतिबद्धता जनाएको छ ।
नेपाली कांग्रेसका सांसदहरूले प्रतिपक्षी भएर पाँच वर्षसम्म संसद्को एक कुनामा बस्नुपर्ने अवस्था आएपछि संविधानको धारा १६८ (५) को अधिकार सदुपयोग गरेर आफू मुख्यमन्त्री बनेको मुख्य मन्त्री कार्कीले वताए ।
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्धव थापाले कानुन मन्त्रालयको जिम्मेवारी कुशलता पूर्वक सम्हाल्नु भएका कार्कीलाई मुख्यमन्त्रीको रूपमा पाउनु पार्टी र कोशी प्रदेशका जनताका लागि गौरवको विषय भएको वताए ।
कोशी प्रदेशमा कुनै पनि पार्टीले बहुमत प्राप्त गर्ने स्थिति नहुँदा युद्ध मैदानमा उत्रिएर सकुशल फर्कनु र मुख्यमन्त्री प्राप्त गर्नु पार्टीका लागि गौरवको विषय भएको थापाको भनाई छ ।
यस समाचार क्राइम अपरेशन अनलाइन पत्रिका वाट साभार गरिएको हाे ।