Rajbanshi Khabar

आइतबार, कार्तिक १२, २०८०

कटहरी / प्रतयेक वर्षको जस्तै यस वर्ष पनि वडा दशैँ भरखरै सकिएर अर्को दपावलि भाइटिका र छठ दाैडदै आइरहेको छ । यस आर्थिक मन्दिकाे चटारो सहन नसकेर पनि धर्म कर्म गर्ने हामी नेपाली अहिले गाह्रो अवस्थामा छाैँ । प्रतयेक नेपालीको भागमा ७९ हजार २०१ रुपैयाँ सार्वजनिक ऋण छ । नेपालकाे सार्वजनिक ऋणकाे हिसाबले प्रतयेक नेपालीको टाउकोमा ७९ हजार भन्दा बढीको ऋण तिर्नुपर्ने देखिन्छ । नेपालको सार्वजनिक ऋण बढदै गएको छ ।

तेस्तै नेपालीहरुकाे माहान चार्डपर्व विजयी दशमी सकिए लगत्तै दपावलि र छठ लगातार रहेको बेला राेजगारिकाे ठिकाना नरहेको विराटनगर माहानगरपालिका ७ का रविन झा बताएका छन् । विराटनगरका अधिकाँश व्यापारी सर्टर डाउन तिर लागि परिरहेको समाचार विभिन्न मिडिया वाट सुनिरहेका छाै । व्यापारी व्यापार छाडने तिर लागिपरेको देखिन्छ ।

प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र साहि , डाक्टर अमरेश कुमार सिङ्ग , रवि लामिछाने , सि के राउत लगायत अन्य नेता तथा मन्त्रीहरु संसद भित्र र बाह्य जनताको लागि आवाज उठाइनै रहेको कुरा विभिन्न मिडियामा सुन र हेर्न सकिन्छ ।

मिशन ८४ मा देश नै रहनछ कि रहदैन भनेर डाक्टर अमरेश कुमार सिङ्गले मिडियामा बारम्बार बाेल्दै आएको छ ।

अर्को तिर झापाका डाक्टर दुर्गा प्रसाईं राष्ट्रिय बचाउ अभियान लिएर मेचि देखि माहाकालि सम्म सन्चालन गरिरहेकाे उहाँको अभिव्यक्ति वाट सुन र हेर्न सकिन्छ ।

यता सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालकाे अर्थ ब्यवस्थामा ठुलो समस्या देखिरहेका छन् । यस चालु आर्थिक वर्षको भदौ मसान्तसम्म सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण २३ खर्ब ९ करोड ८६ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।

नेपाल सरकारकाे उक्त ऋणमध्ये ११ खर्ब ४० अर्ब ५३ करोड ३ लाख रुपैयाँ आन्तरिक ऋण रहेको छ भने ११ खर्ब ६९ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ बाह्य ऋण रहेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको २ महिनामा सरकारले ४९ अर्ब २३ करोड ३२ लाख रुपैयाँ ऋण थपेको छ ।

गत असार मसान्तसम्म कुल ऋण २२ अर्ब ९९ करोड ३५ लाख २५ हजार रुपैयाँ रहेको थियो । यो दुई महिनाको अवधिमा सरकारले ३८ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ भुक्तानी गरेकोे छ ।
नेपालकाे कल कारखाना , उधाेग तथा उत्पादनमूलक कामहरूकाे आधारमा हाल नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) ५३ खर्ब रुपैयाँ हाराहारीमा रहेको छ ।

नेपालकाे क्षमता तथा राजस्वको आमदानीका अनुसार यस आधारमा हेर्ने हो भने नेपालको ऋण जीडीपीको ४३.५८ प्रतिशत हुन आउँछ । यता, नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ को आधारमा हेर्ने हो भने एक नेपालीको भागमा ७९ हजार २०१ रुपैयाँ ऋण पर्ने देखिन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]