Rajbanshi Khabar

शनिबार, कार्तिक ०४, २०८०

कटहरी / १९औं एसियाली खेलकुदमा पदक दिलाउन सफल भएकि महिला कबड्डी टिमका कप्तानलाई राजवंशी समाज विकास समितिले दाेशला कार्यक्रम गरि समान गरिएको हाे ।

चीनको हाङझाउमा १९ औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक प्राप्त गराउन सफल भएकी कबड्डीतर्फका कप्तान मेनुका कुमारी राजवंशीलाई राजवंशी समाज विकास समिति जिल्ला सदस्य शुभराज राजवंशी लगायतका टिमले विराटनगर एयरपोर्टमा स्वागत गरि समान गरिएको हाे ।

विराटनगर एयरपोर्ट वाट विराटनगर परिक्रमा गरि कटहरी गाउँपालिकाकाे उपाध्यक्ष सिता देवि राजवंशीले पनि दाेसला उढाई समान गरिएको छ । महिला कबड्डी टिम विजयी भइसकेपछि नेपालकाे महिला पनि मेनुका वाट केहि सिकनुपर्ने बताएका हुन् ।

राजवंशी खबर सङ कुरा गर्दा के भन्रे ?

एसिया र नेपाल , प्रदेश र राजवंशी समुदायलाई चिनाउन पाउँदा आफु एकदम खुशि भएको राजवंशी खबर सङ कुरा गर्दै कप्तान मेनुका राजवंशीले बताए ।

माेरङकाे जहदा गाउँपालिका वडा -३ स्थित रहेको राधाकृष्ण मन्दिरको प्रङ्गणमा नागरीक अभिन्दन कार्यक्रम गरी रु. २५०० (पच्चिस हजार)  सहित सम्मान पत्र प्रदान गरी सम्मान गरेको हो ।
महिला कबड्डी टिमका कप्तान राजवंशी मोरगंको जहदा गाउँपालिका वडा-३ जयरामपुर टाेल गाउँका निवासी हुन् ।

१९ औं एसियाली महिला कबड्डीतर्फ राजवंशीको कप्तानीमा कास्य पदक प्राप्त गरे पछी सम्पुर्ण गाउँबासीले खुस्याली मनाएका हुन् ।

महिला कबड्डी टिमको सेमिफाइनलमा नेपाल भारतसित ६१–१७ अङ्कले पराजित भएको थियो । नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो भने भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

नेपाली महिला कबड्डी टोलीमा मेनुकाकुमारी राजवंशी (कप्तान) , मानमती विष्ट , जयन्ती बडु , सुनिता थापा , रबिना चौधरी , अनुजा कुलुङ राई , गङ्गा घिमिरे , नितु गुरुङ , इशा राई , अर्पणा चौधरी , सिर्जना थारु र कलावती पन्त रहेका थिए । टोलीका प्रशिक्षकमा विष्णुदत्त भट्ट रहेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]