Rajbanshi Khabar

शुक्रबार, कार्तिक ०३, २०८०

विराटनगर / महान चाड विजया दशमी, शुभ दीपावली, नेपाल सम्बत् ११४४ तथा छठ पर्व २०८० को शुभ अवसरमा मोरंग व्यापार संघले शुभकामना आदान प्रदान आयोजना गरेको छ ।

शुभकामना आदान–प्रदान प्रदान कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका प्रदेश प्रमुख माननीय परशुराम खापुङ्गगले महान चाड पर्व विजया दशमी, शुभ दीपावली, नेपाल सम्बत् ११४४ तथा छठ पर्व २०८० को पर्वको शुभकामना दिदै मुलुकमा शान्ती सु–व्यवस्था कायम गरी मुलुकको समृद्धिका लागि राजनीतिक दल, संघसंस्था, लगायत सम्पुर्ण नेपाली लाग्नु पर्ने वताए ।

सोही अवसरमा नेकपा माओवादी केन्द्रका पूर्व मन्त्री एवम् संघिय सांसद अमनलाल मोदीले आफू जन्मिनु भन्दा पहिले देखि मोरंग व्यापारसंघले विजया दशमी, शुभ दीपावली, नेपाल सम्बत् ११४४ तथा छठ पर्व २०८० को शुभकाम अदान प्रदान कार्यक्रम गरी आफ्नो सुख दुःखका कुरा हर्सोउल्लासका साथ सट्टा–साट गर्ने भएकोले सो कुरालाई राजनीतिक दलहरुले गम्भीर रुपमा लिनु पर्ने भन्दै सम्पूर्ण नेपाली जनतामा सुख, शान्ति र समृद्धिका कामना गरेका थिए ।

त्यसैगरी सोही अवसरमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा कोशी प्रदेश सभा सदस्य माननीय अमृत अर्यालले भने कोशी प्रदेशमा रहेको अस्थीर राजनीति स्थिर तिर उन्मुख भएकोले सबै राजनीतिक दलहरु मनमुटाउ छोडेर एक भएर प्रदेशको समृद्धि तिर लाग्नु पर्ने भन्दै आम नेपाली जनतालाई विजया दशमी, शुभ दीपावली, नेपाल सम्बत् ११४४ तथा छठ पर्व २०८० को शुभकामना दिएका थिए ।

उक्त अवसरमा नेकपा एमाले नेता विनोद ढकाल, नेपाली कांग्रेस नेता एवम् पूर्व मन्त्री गयानन्द मण्डल, आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डि.वि. क्षेत्री, मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव, कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी राजेशनाथ बास्तोला, सशस्त्र प्रहरीका कोशी प्रदेश प्रमुख डिआइजी अञ्जनीकुमार पोखरेल, मोरङका प्रहरी प्रमुख एसपी दिपक पोखरेल, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष तथा मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, विराट व्यापार संघका अध्यक्ष नरेश खत्री लगायत संघका कार्यकारिणी समितिका पदाधिकारी र सदस्य सहित उद्योगी व्यवसायीहरू उच्च तह र तप्काका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले कार्यक्रममा सहभागी भएका प्रमुख अतिथी, अतिथिहरू लगायत उपस्थित भएका सवै महानुभावहरुलाई स्वागत गरेका थिए । रिजालकै अध्यक्षतामा महान चाड विजया दशमी, शुभ दीपावली, नेपाल सम्बत् ११४४ तथा छठ पर्व २०८० को शुभ अवसरमा मोरंग व्यापार संघले शुभकामना आदान प्रदान सम्पन्न भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]