कटहरी / कटहरी गाउँपालिकाले एक लाख ८६ हजार नाै सय छियालिस रुपियाँ बराबरकाे सामग्री वितरण गरिएको छ ।

आज साेमवार कटहरी गाउँपालिकाकाे परिसरमा एक कार्यक्रम आयोजना गरी मोरङ जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरीलाई २१ थान ट्राफिक काेण , १० थान साइकल , १ थान कम्पयूटर , १ थान प्रिन्टर, वितरण गरिएको हो ।

गत भदौ महिना २६ गते कटहरी कार्यपालिकाको बैठकले प्रहरीलाई साइकल र प्राविधिक सामाग्री गरी १ लाख ८६ हजार ९४६ रुपैयाँ सामाग्री वितरण गर्ने गरी निर्णाय गरेको सुचना अधिकारी जानकि प्रसाद अधिकारीले बताए ।

उक्त बैठककाे निर्णय अनुसार कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेललाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै कटहरी गाउँपालिकाका अध्यक्ष चौधरीले प्रहरीलाई साधन स्रोत मैत्री बनाउने कामको सुरुवात गरिएको बताए ।

नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई गस्ती गर्न सहज हुने भन्ने उद्देश्यले साइकल वितरण गरिएको उनले अध्यक्ष चाैधरीले बताए ।

उक्त कार्यक्रममा मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले सिमित स्रोतसाधनले प्रहरीले शान्तिसुरक्षा कायम गर्दै आएको बताए । कटहरीबाट सहयोग प्राप्त भएको साधन स्रोतले शान्ति सुरक्षामा थप सहयोग पुग्ने बताए । शान्ति सुरक्षा प्रहरीले एक्कलै मात्र सम्भव नभएको बताउँदै उनले सबैको साथसहयोगको खाँचो रहेको बताए ।

उक्त हस्तान्तरण कार्यक्रममा कटहरी गाउँपालिका उपाध्यक्ष सिता देवी राजवंशी , कटहरी वाडा-३ का अध्यक्ष जदुलाल कामत , प्रमुख प्रशासकीय मनाेज साह , कटहरी – ४ का अध्यक्ष जिब्नेस्वर यादव , सदस्य बलि दास , संकर पासवान लगायत कटहरीका अन्य जनप्रतिनिधिकाे पनि बाक्लो उपस्थितिथि रहेको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]