Rajbanshi Khabar

शनिबार, आश्विन २७, २०८०

विराटनगर / कोशी प्रदेशको मुख्यमन्त्रीमा दुई जनाको दाबी प्रस्तुत भएपछि प्रदेश प्रमुखको कार्यालयले शनिबार सांसदहरुको सनाखत गराउने भएको छ ।

प्रदेश प्रमुखको कार्यालयले शुक्रबार साँझ विज्ञप्ति जारी गरेर भोलि बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म हस्ताक्षरकर्ताहरुको सनाखत गराउने जानकारी गराएको हो ।

प्रदेश प्रमुखको कार्यालयले दाबीकर्ताका समर्थनमा हस्ताक्षर गर्ने सबै सदस्यहरुलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रका साथ उपस्थित गराउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ ‘मुख्यमन्त्री पदमा नियुक्ति गरी प्रदेश सरकार गठन गर्न संविधानको धारा १६८(५) बमोजिम आव्हान गरेको समयभित्र प्रदेश सभा सदस्यहरु इन्द्रबहादुर आङ्बो र केदार कार्कीले ४७÷४७ जना सदस्यहरुको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी प्रेस गरेको अवस्थामा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरी प्रदेश सरकार गठनका लागि माननीय प्रदेश प्रमुखज्यूले शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गर्नुभएका सम्पूर्ण प्रदेशसभा सदस्यहरुलाई प्रदेश प्रमुखको कार्यालयको सभाहलमा उपस्थित भई सनाखत गरिदिने प्रयोजनका लागि उपस्थित गराउने निर्णय गर्नुभएको छ ।

सरकार गठन गर्न कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले दिनुभएको समय सकिएलगतै मुख्यमन्त्री नियुक्तिको दाबी प्रस्तुत गर्नुभएका काँग्रेस सांसद केदार कार्कीसहित ४७ जना सांसदहरु प्रदेश प्रमुखको कार्यालयमा भेला भएर प्रदेश प्रमुखलाई तत्काल मुख्यमन्त्री नियुक्त गर्न दबाब दिनुभएको थियो ।

नेकपा एमालेका ३९ जना र नेपाली काँग्रेसका आठ जना सांसदको समर्थन भएकोले मुख्यमन्त्री नियुक्त गर्न सशरीर उपस्थित भएर उहाँहरुले प्रदेश प्रमुखलाई दबाब दिएपछि प्रदेश प्रमुखले हस्ताक्षर सनाखत गराउने निर्णय सार्वजनि गर्नुभएको छ ।
यस समाचार खबर पुर्वान्चल अनलाइन पत्रिका वाट साभार गरिएको हाे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]