Rajbanshi Khabar

बिहिबार, आश्विन २५, २०८०

विराटनगर / अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित भेटघाट गरेका छन् ।

मेयर कोइरालाले सिनेटर माइकल जियानारिससहितका उच्च पदस्थ व्यक्तिहरूसित भेटघाट गरेका हुन् । सिनेटर माइकलसितको भेटमा नेपालको राजनैतिक अवस्था, विकासमा स्थानीय सरकारको भूमिका, ऐन कानुनको कार्यान्वयनमा देखिने समस्यालगायतका विषयमा छलफल भएको थियो ।

त्यस्तै मेयर कोइरालाले न्यूयोर्क सिटी शिक्षा समितिका अध्यक्ष एवं न्युयोर्क राज्यका सेनेटर जोन सी लिउसँग पनि भेटघाट गरे । सो अवसरमा मेयर कोइरालाले विराटनगर महानगरपालिकाले शिक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । उनले शिक्षा क्षेत्रको विकासका लागि सहयोगको आग्रहसमेत गरे । शिक्षाको विकास बिना कुनै पनि क्षेत्रको विकास नहुने बताउँदै मेयर कोइरालाले सीमित स्रोत साधनकाका बाबजुत पनि महानगर शिक्षाको विकासमा लागेको जानकारी गराए ।

त्यस्तै मेयर कोइरालाले न्यूयोर्क विधानसभाका प्रथम फिलिपिनो अमेरिकी स्टिभन रागासित पनि भेटघाट गरेका मेयर कोइरालाका अन्तर्राष्ट्रिय सल्लाहकार सोमनाथ घिमिरेले जानकारी दिए । नेपालको इतिहासमा मेयरस्तरबाट अमेरिकी निर्वाचित पदाधिकारीहरूसँग भेटघाट गर्ने कोइराला नेपालको पहिलो मेयर भएको घिमिरेले दाबी गरे ।

मेयर कोइराला संयुक्त राज्य अमेरिकास्थित स्थानीय सरकारको व्यावसायिक विकास र सबलीकरणको क्षेत्रमा कार्य गर्ने संस्था इन्टरनेशनल सिटी म्यानेजमेन्ट एसोसिएसन (आइसीएमए) ले आयोजना गरेको सेमिनारमा सहभागी हुन यही असोज १० गते अमेरिका गरेका हुन् ।

४० देशभन्दा बढीका स्थानीय सरकारका प्रमुख र प्रतिनिधिहरू सहभागी समिनारमा मेयर कोइरालाले सहभागिता जनाए । टेक्सासमा भएको सेमिनारमा सहभागी भएर मेयर हाल न्यूयोर्कमा भेटघाट र छलफलमा व्यस्त रहेका छन् । उनले अमेरिकामा रहेका गैरआवासीय नेपालसहित विराटनगरमा जन्मिएर अमेरिकामा बसोबास गर्नेहरूसित पनि भेटघाट गरे । सो अवसरमा मेयर कोइरालाले विराटनगरको शिक्षा, स्वास्थ्य र भौतिक संरचनाको विकासमा सहयोग गरे ।

यस समाचार खबर पुर्वान्चल वाट साभार गरिएको हाे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]