Rajbanshi Khabar

बुधबार, आश्विन २४, २०८०

गौरीगंज / गौरीगंज गाउँपालिका र मेची आँखा अस्पतालबीच आँखा उपचार सेवा विस्तार गर्नबारे सम्झौता भएको छ । गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी र नेपाल आँखा अस्पताल संघका अध्यक्ष जलकुमार गुरुङ्गबीच आज सोमवार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

गाउँपालिकाका जनतालाई बृहत् आँखा उपचार सेवा उपलब्ध गराउन मेची आँखा अस्पतालले गौरीगंज गाउँपालिकालाई अत्याधुनिक स्वास्थ्य उपकरण उपलब्ध गराउनुका साथै स्वास्थ्य बीमाको व्यवस्थामासमेत आँखाको उपचारसेवा उपलब्ध गराउने सम्झौता भएको हो ।

गाउँपालिकाकी अध्यक्ष राजवंशीले मेची आखाँ अस्पतालसंघको सम्झौताले गौरीगंज गाउँपालिकाकै जनताको आँखा उपचार सेवामा सहज पहुँच पुग्ने विश्वास व्यक्त गरिन् । गौरीगंज आधारभुत अस्पतालमा आँखा सम्बन्धि सबै उपचार सेवा चाडै नै शुरु हुने अध्यक्ष राजवंशीले बताइन् ।

‘दुई पक्षीय सम्झौता बीचको सहकार्यले पालिकाका गरिब, विपन्न, निमुखा र अप्ठ्यारामा परेका नागरिकले आँखाको सहज उपचार पाउनेमा हामी विश्वस्त छौँ । गाउँपालिकाले गर्न सक्ने सबै सहयोग र सहजीकरण गर्न तयार छ ।’ – अध्यक्ष राजवंशीले भनिन् ।

मेची आँखा अस्पतालका निर्देशक डा. पुरुषोतम जोशी, गौरीगंज गाउँपालिकाका प्रशासकिय अधिकृत विरेन्द्र खड्का, गौरीगंज गाउँपालिकाका स्वास्थ्य प्रमुख रामचन्द्र मिश्र,वार्ड नं.२ का वडा अध्यक्ष किनालाल राजवंशीलगायतको उपस्थिति थियो ।

यस समाचार काेचिला न्यूज वाट साभार गरिएको हाे ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]