Rajbanshi Khabar

मंगलबार, आश्विन २३, २०८०

विराटनगर / थारु कल्याणकारी सभा मोरंगको निर्वाचन विधान सम्मत गर्न नयां निर्वाचन मण्डल गठन गर्नुपर्ने थाकस मोरंगको सभापतिका उम्मेदर प्रदीपकुमार विश्वासको समुहले माग गरेका छन् ।

नेपाल पत्रकार महासंघ मोरंगको सभाहलमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन अधिकृत पुनितलाल चौधरीले मोरंगका थारु समुदायलाई एक–आपसमा मुडभेडको वातावरण सृजना गरको आरोप लगाउँदै नयाँ निर्वाचन मण्डल गठन गरी निर्वाचन गर्न माग गरको हो ।

थारु कल्याणकारी सभा मोरंग जिल्लाको १० औं महाधिवेशन गर्न पुनितलाल चौधरीलाई प्रमुख निर्वाचन अधिकृत तोकिएकोमा अधिकृतले सभाको विधान २०७५ अनुसार विधानको परिच्छेद ७ को दफा ३१ मा १ सभापति समेत १५ देखि २१ सदस्य जिल्ला कार्य समिति हुनेछ भनी व्यवस्था हुँदा हुँदै सो व्यवस्थालाई वेवास्ता गर्दै निर्वाचन अधिकृत गैरजिम्मेवारी रुपमा सभापति वाहेक असोज २३ गते निर्वाचन गर्न पत्रचार गरेको थियो ।

सो अगावै निर्वाचन अधिकृत पुनितलाल चौधरीले उच्च अदालत विराटनगरमा लिखित जवाफ पेश गर्नुपर्ने निर्देशन, जिल्ला प्रशासन कार्यालय मोरंगको निर्देशन र समुदाय भित्र देखिएको असहज परिस्थितीका कारण २१ गते थाकसको निर्वाचन स्थगित भएको सूचना निकालिएको थियो ।

सो सूचना निकाले पछि विश्वासको समूहले प्रमुख निर्वाचन अधिकृत चौधरीकै कारण निर्वाचन स्थगित गर्नु परेको, सभापति बाहेक पदमा निर्वाचन गर्न सूचना निकालेको, बारम्वार ठाउँ हेरफेर गरेको, समुदाय भित्र झै–झगडाको वातावरण सृजना गरी समुदायमा मिल्ने विषयलाई अदालतसम्म पु¥याउने काम गरेको आरोप विश्वासले लगाएका छन् ।

सहज रुपमा थाकसको निर्वाचन गराउन सर्व प्रथम प्रमुख निर्वाचन अधिकृत चौधरीलाई हटाई नयां निर्वाचन मण्डल गठन गरी थारु समुदायलाई एकतावद्ध गर्न निर्वाचन प्रक्रियाबाटै मोरंग जिल्ला कार्य समिति चयन गर्न माग विश्वास समूहले गरेका छन् ।

विराटनगर, असोज २३ गते । थारु कल्याणकारी सभा मोरंगको निर्वाचन विधान सम्मत गर्न नयां निर्वाचन मण्डल गठन गर्नुपर्ने थाकस मोरंगको सभापतिका उम्मेदर प्रदीपकुमार विश्वासको समुहले माग गरेका छन् ।

नेपाल पत्रकार महासंघ मोरंगको सभाहलमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन अधिकृत पुनितलाल चौधरीले मोरंगका थारु समुदायलाई एक–आपसमा मुडभेडको वातावरण सृजना गरको आरोप लगाउँदै नयाँ निर्वाचन मण्डल गठन गरी निर्वाचन गर्न माग गरको हो ।

थारु कल्याणकारी सभा मोरंग जिल्लाको १० औं महाधिवेशन गर्न पुनितलाल चौधरीलाई प्रमुख निर्वाचन अधिकृत तोकिएकोमा अधिकृतले सभाको विधान २०७५ अनुसार विधानको परिच्छेद ७ को दफा ३१ मा १ सभापति समेत १५ देखि २१ सदस्य जिल्ला कार्य समिति हुनेछ भनी व्यवस्था हुँदा हुँदै सो व्यवस्थालाई वेवास्ता गर्दै निर्वाचन अधिकृत गैरजिम्मेवारी रुपमा सभापति वाहेक असोज २३ गते निर्वाचन गर्न पत्रचार गरेको थियो ।

सो अगावै निर्वाचन अधिकृत पुनितलाल चौधरीले उच्च अदालत विराटनगरमा लिखित जवाफ पेश गर्नुपर्ने निर्देशन, जिल्ला प्रशासन कार्यालय मोरंगको निर्देशन र समुदाय भित्र देखिएको असहज परिस्थितीका कारण २१ गते थाकसको निर्वाचन स्थगित भएको सूचना निकालिएको थियो ।

सो सूचना निकाले पछि विश्वासको समूहले प्रमुख निर्वाचन अधिकृत चौधरीकै कारण निर्वाचन स्थगित गर्नु परेको, सभापति बाहेक पदमा निर्वाचन गर्न सूचना निकालेको, बारम्वार ठाउँ हेरफेर गरेको, समुदाय भित्र झै–झगडाको वातावरण सृजना गरी समुदायमा मिल्ने विषयलाई अदालतसम्म पु¥याउने काम गरेको आरोप विश्वासले लगाएका छन् ।

सहज रुपमा थाकसको निर्वाचन गराउन सर्व प्रथम प्रमुख निर्वाचन अधिकृत चौधरीलाई हटाई नयां निर्वाचन मण्डल गठन गरी थारु समुदायलाई एकतावद्ध गर्न निर्वाचन प्रक्रियाबाटै मोरंग जिल्ला कार्य समिति चयन गर्न माग विश्वास समूहले गरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]