विराटनगर / आरयुडीपी प्रोजेक्टअन्तर्गत विराटनगर महानगरपालिकाले वैज्ञानिक ठेगाना प्रणाली (जीआइएस हाउस नम्बरिङ सिस्टम) कार्यान्वयनका लागि घर नम्बर राख्न सुरु गरेको छ ।

महानगरले सहरीकरणसँगै घर संख्या बढ्दो अवस्थामा रहेका कारण मेट्रिक ठेगाना प्रणाली कार्यन्वयनमा ल्याएको हो । यो प्रणालीले नगरवासीको घर पहिचान सहज बनाउनेछ । महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले आज जीआइएस हाउस नम्बरिङ सिस्टमको प्रारम्भ गरिन् । नमुनाका रुपमा पहिलो चरणमा ६७ घरमा नम्बरिङ गरिनेछ । विराटनगरका आसपासका मुख्य बजार क्षेत्रमा नम्बरिङ गरिने महानगरपालिकाले जनाएको छ । निकट भविष्यमा अन्य स्थानमा पनि नम्बरिङ कार्यान्वयन गराउने कार्यबाहक मेयर कार्कीले बताइन् ।

एडीबीको सहयोगमा सञ्चालन भएको आरयूडिपी परियोजनाअन्तर्गत छुटेको काम अहिले कार्यन्वयनमा आएको महानगरपालिका इन्जिनियर अर्जुन थापाले जानकारी दिए । यसलाई क्रमशः सबै वडामा विस्तार गर्ने लक्ष्य राखिएको छ । यो प्रणालीमा मुख्य त सडकको दूरीलाई आधार बनाउने गरिन्छ । सडक÷गल्लीको नाम र दुरीको आधारमा घर नम्बर प्रदान गरिने भएकाले पहिचानमा सहज हुने भएको हो । घरसँग जोडिएको सडकको सुरुको बिन्दुदेखि घरको मूल ढोकासम्मको दुरी घरको नम्बर प्लेटमा राखिनेछ ।

बाटोको सुरुको बिन्दुबाट मिटरको आधारमा दाँयापट्टी जोर नम्बर बाँया पट्टी बिजोर नम्बर दिइनेछ । कर व्यवस्थापनका लागि महानगरलाई सहज हुनेछ । वैज्ञानिक प्रणालीअन्तर्गत घर नम्बर पत्ता लगाउन पनि सहज हुनेछ । सडकको चोक तथा मिलन बिन्दु (दोबाटो–चौबाटो) देखि कुनै निश्चित घरको दूरीका आधारमा ठेगाना पत्ता लगाउन सकिने प्रणालीलाई मेट्रिक प्रणाली भनिन्छ ।

कार्यबाहक मेयर कार्कीले महानगरसँगै जोडिएको विराटनगर–७ का देवकीनन्दन अग्रवालको घरमा पहिलो नम्बर टाँस गरेर यसको शुभारम्भ गरिन् । योसँगै रोडशेषलाई मिनल बिन्दु मानेर मेन रोडका घरहरूमा दूरीका आधारमा घर नम्बर टाँस गरिनेछ । यसमा बाटो–गल्ली–टोल नाम उल्लेख हुनेछ । यसले भविष्यमा स्मार्ट सिटीका रुपमा विकास गर्नसमेत सहयोग पुग्ने कार्यबाहक मेयर कार्कीले जानकारी दिइन् । त्यसबाहेक कर तथा राजस्व, नागरिकको स्तर बर्गिकरण, विपद् आईपर्दा द्रुत सेवा सञ्चालन, गरिबी पहिचान, पूर्वाधार पहुँच लगायतको विषय जानकारी हुन सजिलो हुनेछ ।

यस समाचार खबर पुर्वान्चल वाट साभार गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
हाम्रो बारे

राजवंशी मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित राजवंशी खबर (www.rajbanshikhabar.net) डिजिटल अनलाइन मिडिया हो । सत्य घटना तथा भ्रष्टाचार डिजिटल अनलाइन पत्रिकाको माध्यमबाट आम सर्वसाधारणसामु पुर्याउने प्रमुख उदेश्य रहेको छ ।

कम्पनि दर्ता न. : 307945/079/080

प्यान न. : 610455119

हाम्रो टीम

अध्यक्ष : संजय राजवंशी
सम्पादक: शुशील राजबंशी

सम्पर्क

कटहरी ३ मोरङ नेपाल
mob: 9827072150
email: [email protected]